उपराष्ट्रपति पुनलाई भेट्न छाउनी अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
आज साँझ वीरेन्द्र सैनिक अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिँदै स्वास्थ्यमा ख्याल गर्न उपराष्ट्रपति पुनलाई समेत आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
सिन्धुलीमा आयोजित तेम्बा सांस्कृतिक कार्यक्रममा सरिक हुन पुगेका उपराष्ट्रपति पुन आज अचानक अस्वस्थ भएका थिए। अचानक अवस्थ्य हुनुभएका उपराष्ट्रपति पुनलाई नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट आज साँझ काठमाडौँ ल्याई छाउनी अस्पतालमा भर्ना गरिएको थियो ।
उपराष्ट्रपतिका छोरा दिपेश पुनले रातोपाटीसँग कुरा गर्दै भने, ‘वहाँलाई केही दिनदेखि सञ्चो थिएन । तर, वचन दिएको कार्यक्रममा पुग्नुपर्छ भनेर वहाँ सिन्धुली जानुभयो । तर, कार्यक्रम उद्घाटन गर्ने बित्तिकै वहाँको मुटुको चालमा केही समस्या देखियो । खुट्टा पनि काम्न थाल्यो । त्यही स्थानीय अस्पतालमा डाक्टरहरु देखाए पनि कुनै सुधार नभएपछि वहाँलाई अहिले छाउनी अस्पतालमा भर्ना गरिएको छ ।’ पुनले अहिले स्वास्थ्य स्थितिमा क्रमिक सुधार आए पनि डाक्टरहरुले केही दिन अस्पतालमा नै आराम गर्नुपर्ने बताएको जानकारी दिए । आजै प्रधानमन्त्री केपी शर्मा ओली उपराष्ट्रपति पुनलाई भेट्न अस्पताल आउने उनले जानकारी दिए ।
सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक प्राविधिक उपरथी डा किशोरजङ्ग राणाका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको तथा थप अनुसन्धान र उपचारका लागि भर्ना गरिएको छ ।
यसअघि मुख्यसचिव डा सोमलाल सुवेदी पनि उपराष्ट्रपति पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण