माइभ्याली गोल्डकप उपाधि झापा–११ लाई
शनिबार, २३ माघ २०७२, २२ : ५६
इलाम - इलाममा आयोजित टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको उपाधि झापा–११ ले हात पारेको छ ।
आज सम्पन्न फाइनल खेलमा विभागीय टीम एपिएफलाई ०–२ गोलले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाको जितमा २५ औं मिनेटमा विशाल राई र ७५ औंँ मिनेटमा झापाका योगेश गुरूङले दोस्रो गोल गरेका थिए । उपाधिसहित झापा ११ ले रु तीन लाख ५० हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता एपिएफले रु एक लाख ७५ हजार, ट्रफी र प्रमाणपत्र पाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी झापाका गोलरक्षक किशोर गिरी घोषित हुँदै रु ३० हजार प्राप्त गरे । विजेताहरुलाई प्रथम पुरस्कार प्रायोजन गर्ने इलाम सूर्याेदय नगरपालिकाका तारा सापकोटा र रोजु सापकोटा तथा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, स्थानीय विकास अधिकारी मदन कोइराला, जिल्ला फुटवल सङ्घका अध्यक्ष निरोज खड्गी, प्रतियोगिता आयोजक माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । पूर्वी पहाडको सबैभन्दा ठूलो पुरस्कार राशि भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण