शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संजिता प्रधान : सङ्खुवासभादेखि ओबामाको सल्लाहाकारसम्म

आइतबार, २४ माघ २०७२, ०१ : ३१
आइतबार, २४ माघ २०७२

अमेरिका - नेपालको विकट जिल्ला सङ्खुवासभाको चैनपुरमा जन्मि हवाइट हाउसमा ओबामाको सल्लाहाकार सम्म हुन सफल सन्जिता श्रेष्ठ प्रधान अमेरिकाम उच्च ओहादामा पुग्ने प्रथम नेपाली भएकी छन् । सो पदमा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले मे २०१५ मा नियुक्त गरेका थिए । धरान बिजयर्पु बोर्डिंगबाट एसएलसि, कृषि क्याम्पस रामपुर चितवनबाट बि.एससि एजी र आईआईटि इन्डियाबाट एमबिए गरिन उनले । इन्डियाबाट एमबिए गरेपश्चात जर्मन सरकारको GTZ मा प्राइभेट सेक्टर प्रोमोसन प्रोग्राममा केही वर्ष कार्यरत रहेकी थिइन् । माओवादी द्वन्द उत्कर्षमा रहेको २००६ मा जब प्रधानलाई डी.भी. चिठ्ठा पर्यो र उनी तीन वर्षको छोरा सहित अमेरिकामा नयाँ जीवनको सुरुवात गर्न आइपुगिन । यहाँ आए संगै आफ्नो अनुभवमा केही परिवर्तनको लागि नयाँ समाजमा आफूलाई पनि समाहित गराउनु पर्दछ भन्दै विभिन्न नेटवर्किंगहरुमा सहभागी गराउन थालिन । हरेक गोष्ठी, सभाहरुबाट नयाँ व्यक्तिसँग परिचय हुने, केही नयाँ कुरा जान्ने र बुझ्ने अवसर प्राप्त हुँदै जान थाल्यो । उनी हामी नेपालीहरूले पनि अमेरिकामा आफूलाई सामाजिकीकरण गर्नको लागि आफ्नो समुदाय भित्र सञ्चालन हुने सामुदायिक क्रियाकलापहरुमा सहभागी गराउदै अमेरिकी मूल प्रवाहमा आफू र हाम्रो भावी पुस्तालाई समेत अभ्यस्त गराउनु पर्दछ भनी सुझाव दिन्छिन् । 'मलाइ यस्को सरोकार छैन, मलाइ यहाँको राजनीतिमा कुनै चासो छैन भनेर बस्नु भन्दा स्थानीय र राष्ट्रिय राजनीति तथा नीतिहरूमा हाम्रो आवश्यकता र समुदायहरूको हितमा काम गर्ने र उनीहरुको लागि आबस्यक पर्ने नीतिनियम निर्माण गर्ने व्यक्तिलाई मतदान गरेर अगाडी बढ्न सकिन्छ । लोकतन्त्र मूल्यवान भएको ठुलो देशमा बसोबास गरिरहेका हामीहरुले हाम्रो रायसुझाव, आवाज माथिसम्म पुर्याउन हाम्रो अधिकार प्रयोग गर्नुपर्छ', उनी भन्छिन् । अमेरिकामा सबै एशियनलाई एउटा समूहमा राखेता पनि चाइनिज,जापनिज,भिएतनाम, इण्डियन विभिन्न समुदायहरू छन् । तथ्याङ्क सङ्कलनको समयमा सबै समुदायलाई छुट्टाछुट्टै लिन सकेमा कुन समुदाय कति छन् उनीहरूका के(कस्ता समस्या र आब्स्येकता छन् भनी निर्क्योल गरी समाधान गर्न सकिने हुँदा आफू लगायतको टिमले यसमा सुधार ल्याउन पहल गरेको र निश्चित रूपमा आगामी तथ्याङ्क सङ्कलनमा केही सुधार आउन सक्ने प्रधान बताउछिन । आफूमा रहेको समाज सेवाको भावले प्रिन्सिपल फाईनानशियलमा खाएको मार्के्टिंग अधिकृतको जागिर छोडेर शरणार्थीलाई सेवा दिने संस्थाहरूमा स्वयंसेविकाको काम गर्दै हाल आयोवा राज्यको मानव अधिकार विभागको एसियन तथा प्यासिफिक आइल्यान्डर सम्बन्ध हेर्ने कार्यालयको कार्यकारी प्रमुखका साथमा एसियन अमेरिकन तथा प्यासिफिक आइल्यान्डर सम्बन्धी सल्लाह मन्डलको सदस्यको रूपमा क्रियाशील छिन उने । “मैले धेरै स्वयंसेवी पदहरु धारण गरेकी छु, आयोवा बिश्वबिद्यालयमा काउन्सिलको निर्वा्चित सदस्य, बर्माको अल्पसंख्यक आदिवासी समुदायको सल्लाहाकार समितिमा, देस मोइनेस चेम्बर फर डाईभर्सिटीको सदस्य, देस मोइनेस सामुदायिक कलेजमा ईएसएल काउन्सिलको सल्लाहाकार लगायत अन्य धेरै पदमा बसेर काम गर्दा जिम्मेवारी महशुश हुने, आप्रवासीहरुका नयाँ समस्या बुझ्नुका साथै समाधानका सही उपाय समेत पत्ता लगाउन सकिने हुँदा नेपाली समुदायका हामी सबैले आफु र आफ्ना नानीहरुलाई समेत उपयुक्त सामाजिक, राजनैतिक जस्ता क्रियाकलापमा सहभागी हुन् अनुरोध गरिन । ‘नेपाली नारी अमेरिकी राष्ट्रपतिको सल्लाहाकार जस्तो पदमा पुग्नु हामी सबै नेपालीको लागि गर्वको विषय हो यस बाट हामीले समेत केही सिकी हामी र हाम्रो भावी पुस्तालाई मार्गदर्शक बन्न सकोश’, लस एन्जल्समा बस्ने समाजसेवी वेद भक्त जोशीले बताए । आफू स्वयम् आप्रवासी भएको कारणले उनीहरूलाई पर्ने चुनौती र समस्याहरू अनुभूति गरेकी प्रधानले कामको दौरान शरणार्थीहरुलाई पर्ने विविध प्रकारका समस्याहरू नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुका साथै समाधान समेत गर्दै गएकी छिन । हामीमा लाइसेन्स लिन जाने, बिमा सम्बन्धी समस्या, उपचारको समस्या, भाषा अनुवादको समस्याहरू रहेको हुँदा डाटाबेश बनाएर यी सबै कुराहरू कसरी कहाँ बाट सहज ढङ्गमा प्राप्त गर्न सकिन्छ भन्ने बनाउने अभियानमा आफ्नो टिम लागिपरेको उनले बताईन । वास्तवमा प्रवासमा रहेर सदैव मातृभूमिको माया गर्नु पर्छ, परेको बेलामा सहयोग गर्नु पर्छ तर जब सम्म हामी अमेरिकी मुलधारमा स्थापित हुन् सक्दैनौ तब सम्म सही ढङ्गले हामीले नेपाल प्रति पनि सहयोग गर्न सक्दैनौ प्रधानले भनिन, ' हामीहरूले अमेरिकी सामाजिक, आर्थिक, राजनीतिजस्ता कार्यमा समावेशीकरण हुनुपर्छ ।' उनि भन्छिन्, “स्थानीय राजनीति र नीति निर्माणका कार्यमा हामी संलग्न हुँदा अमेरिकामा राजनैतिक शक्तिबिकाश गर्न सकिन्छ जसलाई यहाँ र नेपालमा समेत प्रयोग गर्न सकिन्छ । हामी अमेरिकामा नयाँ आप्रवासी समूहको रुपमा रहेका छौ, हाम्रो बारेमा धेरैलाई थाहा छैन तर हामी संग धेरै बिध्वानहरु तथा ब्यापारमा सफल हुँदै यहाको समुदायलाई अनवरतरुपमा सेवा गर्दै आईरहेका व्यक्तिहरु छौ । हामीले हाम्रो बारेमा समुदायलाई जानकारी गराउनु पर्छ, जानकारी गराएर समुदायमा पहिचान बन्छ र पहिचानले बिस्तारै यहाँको मुलधारको राजनीतिमा समेत सफलता प्राप्त गर्न सकिन्छ । '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप