निःशुल्क स्वास्थ्य शिविर २०० बढी महिला लाभान्वित
काठमाडौँ– स्त्रीरोग विशेषज्ञ डा मीरा हाडाले फर्पिङको शेषनारायण स्वास्थ्य चौकीमा आफ्नी आमाको पुण्य तिथिको अवसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकी छन् । शनिबार भएको सो बृहत निशुल्क स्वास्थ्य शिविरमा दुई सय भन्दा वढी महिलाहरुले सेवा लिएका छन् । विस २०५३ सालदेखि निरन्तर रुपमा आयोजा हुँदै आएको सो स्वास्थ्य शिविरबाट फर्पिङवासी तथा वरपरका गाउँ र जिल्लाका महिलाहरु लाभान्वित हुँदै आएका छन् ।डा.हाडाले उक्त क्षेत्रमा वर्षको एक पटक पुण्य तिथिको दिन र प्रत्येक महिना हप्ताको पहिलो शनिबार शिविर आयोजना गर्दै आएकी छन् । त्यसको सम्पुर्ण खर्च र विरामीलाई आवश्यक औषधी उनी आफ्नै खर्चले वितरण गर्दै आएकी छन् । यस प्रकारको शिविर मार्फत हाल सम्म १० हजार भन्दा वढी महिलाले सेवा पाइसकेका छन् । सोही अवसरमा डा हाडाले घर, समाज र देशको जीवनस्तर उकास्नको लागि महिलाको स्वास्थ्यलाई सुधार गर्नुपर्नेमा जोड दिदै नागरिकलाई सानो सहयोग हुन्छकी भन्ने उदेश्यले आफूले शिविर सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण