पाटनको मूर्ति ल्याउने मेला (फोटोफिचर)
ललितपुर – ललितपुरको सातदोवाटो अगाडि सुनाकोठी नपुग्दै एउटा ढोलाहिटी बस्ती छ । त्यही बस्तीमा प्रसिद्ध मूर्तिकार कृष्ण महर्जन बस्छन् । उनै मूर्तिकारको घरतर्फ शनिबार विहान बाजागाजा सहित हजारौं पाटनबासी पुगे ।
पाटनबासी कृष्ण महर्जनको घरसम्म ढोल बजाउँदै पुग्दा ढोलाहिटी बस्तीमा बेग्लै रौनक थियो । आकाश भैरवको मूर्ति शंखमुल घाटमा प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन पाटनबासी मूर्तिकार कृष्ण महर्जन दैलोसम्मै पुगे अनि मूर्ति लिएर हर्षोल्हाससहित शंखमुल फर्किएका थिए ।
पाटनका हरेक मन्दिरमा स्थापना गरिने मूर्तिको प्राणप्रतिष्ठामा यसरी नै बाजागाजासहितको लावालस्कर मूर्तिकारको घरसम्मै पुग्ने चलन छ । प्राणप्रतिष्ठा कार्यक्रममा परम्परागत भेषभुसासहित सहभागी युवायुवतीहरु धिमेबाजा बजाउने गर्छन् ।
नेवारी मान्यताअनुसार देह त्यागपछि आकाश भैरव रहेको देवस्थल पु¥याउनु सर्वोत्तम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण