अष्ट्रेलियामा रहेको नेपाली दुतावासनै दिन्छ नेपालबारे गलत जानकारी
यद्यपी वेवसाइटको गृह पृष्ठमा भने दुतावासको उक्त वेवसाइटले नेपालबारे पछिल्ला जानकारी दिने लेखिएको छ । अष्ट्रेलियामा रहेको नेपाली दुतावासको वेभसाइट बिजोग उस्तै छ । साइटमा राखिएका कतिपय लिंकहरु खुल्दैनन् भने वेवसाइटमा पछिल्ला प्रविधिहरु पनि प्रयोग गरिएको छैन । साइटमा नेपालको जनसंख्या लगायतका विषयमा पनि सन् २००१ अर्थात पुरानो तथ्यांक राखिएको छ । नेपालमा रहेका सञ्चारगृहहरुको सुचीपनि अपडेट गरिएको छैन भने अन्य केहि भाषिक त्रुटीहरु पनि छन् । यस्तो छ अष्ट्रेलियामा बस्ने नेपालीहरुको गुनासो अष्ट्रेलियामा रहेको नेपालीहरु दुतावासले नेपाल सम्बन्धि जानकारी अपडेट नगराउँदा त्यसले नेपालबारे जान्न चाहानेहरुलाई अन्याय भएको गुनासो पोख्छन् । हाल अष्ट्रेलियामा अध्ययन गरिरहेका सन्तोष सिग्देल भन्छन्, ‘यसखाले गलत जानकारीले नेपाललाइ नै घाटा हुने हो । नेपालबारे जानकारी लिन खोज्ने धेरैले गलत जानकारी लिईरहेका छन् ।’ उनका अनुसार गत बैसाखमा गएको भूकम्पपछि नेपालबारे जानकारी लिन खोज्ने अष्ट्रेलियन नागरिकहरु पनि धेरै छन् जसमध्ये धेरैले नेपाली दुतावासको वेव साइटबाट नेपालबारे जानकारी लिने गरेका छन् । बिगत लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका बिमल कार्की भन्छन्, ‘नेपालको सरकारीकाम कस्तो हुन्छ भन्ने उदाहरणको पछिल्लो नमुना हो अष्ट्रेलियामा रहेको नेपाली दुतावासको साइट । दिनमा थुप्रै पटक क्लिक हुने साइट भएपनि नेपालबारे जानकारी नै पुरानो छ । साइटमा समस्याको चाङ छ । यसले नेपालको पछिल्लो घटनाक्रमलाइ दुतावासले बेवास्ता गरेको जस्तो देखिन्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण