उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परिक्षण, अमेरिकासम्म त्रास
प्योङयोङ – उत्तर कोरियाले आइतबार बिहान लामो दुरीको क्षेपयास्त्र परिक्षण गरेको छ । उत्तर कोरियाले यसलाई सेटेलाइट परिक्षण भएको दाबी गरे पनि जापान र अमेरिकाले भने यसलाई क्षेप्यास्त्र परिक्षण नै भएको दाबी गरेको छ । यस वर्षको शुरुवातमा उत्तर कोरियाले हाइड्रोजन बमको सफल परिक्षण गरेको दाबी गरेको थियो । त्रासमा अमेरिका केही महिना अघि उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्रको दुईवटा भर्सन प्रस्तुत गरेको थियो । यसमा एउटा मिसाइल जापान र दक्षिण कोरियादेखि अमेरिकाको वेस्ट कोस्टसम्म हमला गर्न सक्ने बताइएको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले यसबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘उत्तर कोरियाको यो कदम कोरियाली क्षेत्रमात्र नभएर अमेरिकाको सुरक्षाको लागि खतरा हो । अमेरिकी नेसनल सेक्युरिटी एडभायर सुसेन इ राइसले यसलाई सेक्युरिटी काउन्सिलको नियमको ठाडो उल्लंघन भएको बताए । यता, कोरियाले भने यसलाई क्षेप्यास्त्र परिक्षण नभएको दाबी गरिरहेको छ । दक्षिण कोरियाले उत्तर कोरियाको यो कदमलाई अन्तर्राष्ट्रिय समुदायको विरुद्ध भएको प्रतिक्रिया दिएको छ । यसअघि जापानका प्रधानमन्त्री सिन्जे आबेले उत्तर कोरियालाई उक्त परिक्षण रोक्न अपिल गरेका थिए । आबेका अनुसार उत्तर कोरियाको यस कदमबारे जापान र अमेरिकासँग मिलेर छलफल भइरहेको र यसको कडा जवाफ दिइने छ । चीनले समेत यसमा गम्भिर चिन्ता व्यक्त गरेको छ । ‘उत्तर कोरियाको पछिल्लो परिक्षणले यस क्षेत्रमा तनाव नबढोस् भन्ने आशा गर्छौं,’ चीनको विदेश मन्त्रालयका प्रवक्त लु काङले भने । परिक्षण अघिनै जापान, दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिएका थिए । तीनै देशले यस विषयमा आकिस्मक बैठक बोलाएको छ । सन् १९८५ मा परमाणु सन्धी गरे पनि यसलाई बेवास्ता गर्दै उत्तर कोरियाले परमाणु हतियारको विकास गरिरहेको छ । सन् २००३ मा उसले यस सन्धी पालना नगर्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण