शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अब 'आइफोन'मा प्रचण्ड

आइतबार, २४ माघ २०७२, २२ : १२
आइतबार, २४ माघ २०७२
काठमाडौं-  एमाओवादी  अध्यक्ष प्रचण्डको मोबाइल एप आजबाट एप्पलको आइओएसमा पनि प्रचण्ड (Prachanda) नाममा सुरु भएको छ । १० दिन अघि गुगलको एन्ड्रोइडमा सुरु भएको मोबाइल एपमा दैनिक गतिविधिका साथै अध्यक्ष प्रचण्डका जीवनी, पार्टीका दस्तावेज लगायतका सामाग्री राखिएका छन् । एपको सुरुवात पश्चात आम सञ्चारकर्मी र पार्टी नेता कार्यकर्ताहरुमा अध्यक्षको जीवन्त सम्बन्ध स्थापित भएको छ । माघ १४ गते अध्यक्षको सचिवालयले एक विज्ञप्त जारी गर्दै एप सार्वजनिक गरेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप