कांग्रेस नेताको हत्याबारे अनुसन्धान गर्न विशेष टोली गठन
आइतबार, २४ माघ २०७२, २३ : ०७
जनकपुरधाम– धनुषामा नेपाली काँग्रेसका नेताको हत्यासम्बन्धी अनुसन्धान गर्न प्रहरीले विशेष छानबिन टोली गठन गरेको छ ।
अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको नेपाली काँग्रेसका नेता राजेन्द्रप्रसाद यादव, घाइते भएका नसिम राइन र रामसोगारथ मुखियाको घटनासम्बन्धी छानबिन गर्न प्रहरीले आज विशेष अनुसन्धान टोली गठन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलको संयोकत्वमा विशेष छानबिन टोली गठन गरेको छ । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि तथा जिल्लास्थित सबै सुरक्षा निकायका प्रतिनिधि रहेको प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
उहाँले चाँडै नै घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार राति ९ः३० बजे पूर्वी धनुषाको बालाबाखर–४ बस्ने अन्दाजी ४५ वर्षीय काँग्रेस नेता यादवको गोली प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो । यसैगरी, शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग सडकखण्डको वीरेन्द्रबजारमा बुथ प्रतिनिधि राइन तथा मुखिया गोली प्रहारबाट घाइते भएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण