उपराष्ट्रपति पुन अस्पतालबाट निवास फिर्ता
आइतबार, २४ माघ २०७२, २३ : ११
काठमाडौँ, – उपराष्ट्रपति नन्दबहादुर पुन नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालबाट निवास फिर्ता भएका छन् ।
शनिबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल छाउनीमा भर्ना भएका उपराष्ट्रपति पुनलाई चिकित्सकले निवासमा नै आराम गर्न सुझाव दिएका छन् ।
उपराष्ट्रपति पुनका छोरा दीपेशका अनुसार चिकित्सकले नै निरन्तर परीक्षण गर्नेगरी आज उपराष्ट्रपति पुनलाई निवास ल्याइएको हो ।
सिन्धुलीमा आयोजित तेम्बा सांस्कृतिक कार्यक्रममा सरिक हुन गएका उपराष्ट्रपति पुन अचानक अस्वस्थ भएपनि सेनाको हेलिकप्टरबाट शनिबार साँझ काठमाडौँ ल्याई छाउनी अस्पतालमा भर्ना गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण