नेहा पुनको हत्यारा सार्वजनिक, यौन प्रस्ताव अस्वीकार आफ्नै धर्म दाईद्वारा हत्या (भिडियोसहित)
कास्की – मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न रहेको अभियोगमा मृतककै धर्म दाई सतिश भनिने कीर्तन खड्कीलाई सार्वजनिक गरेको हो ।
कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने खड्कीले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताए । उनका अनुसार अभियुक्तले रिसको झोक्मा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् । ‘खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ पालले भने । ।
नेहाको हत्या रहस्यमय भएको र हत्यामा संलग्नलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कास्की प्रहरीमाथि कडा दवाव पर्दै आएइको थियो । प्रहरीले हत्याराको खोजी गर्ने क्रममा पोखरा नयाँ सडकमा उनलाई नियन्त्रणमा लिएको थियो । उनी दुई दिनअघि नै पक्राउ परेको र अनुसन्धानबाट उनले नै हत्या गरेको खुल्न आएपछि आज प्रहरीले पत्रकार सहम्मेलन गरेर सार्वजनिक गरेको हो ।
मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७–८ बजे फर्कने उनी माघ १८ गते साँझ नफिर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई घर नजिकै अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला पारिएको थियो ।
यसैबीच प्रहरीले हत्याराको सार्वजनिक गर्दै गर्दा पोखरामा मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीह्ररुले हत्यारालाई फाँसीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।
भिडियो : समाचारपाटीखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण