म्याग्दीको गुर्जामा मोवाईलफोनले दिएको खुसी(फोटो फिचर)
म्याग्दी - म्याग्दीको कर्णालीको रुपमा चिनिएको गुर्जाका ७४ वर्षिय कर्णबहादुर छन्त्यालले गुर्जाबाट मोवाईलमा कुराकानी गर्न पाईला भनेर सोचेका पनि थिएनन् । तर गत सोमबार नेपाल टेलिकम म्याग्दी शाखाले स्याटेलाईट प्रविधिबाट जिएसएम मोवाईल फोनको सेवा विस्तार गरेसंगै उनले सोच्दै नसोचेको कुरा भएको छ । भारतीय सेनाबाट जमदार पदमा अवकास आएका छन्त्यालले सोमबार पोखरामा पढ्न गएका छोरासँग पहिलो पटक मोवाईल मार्फत कुरा गरे । म्याग्दी सदरमुकाम देखि २६ कोष टाढा अर्थात दुई दिनको पैदल यात्रापछि मात्र पुगिने गुर्जाबाट मोवाईलमा छोरासँग कुराकानी गरेपछि छन्त्याल दंग छन् । जीवनको उत्तरार्धमा आधुनिक सञ्चार क्षेत्रको विस्तारसँगै छन्त्यालले सञ्चारसँग साक्षात्कार गरेका हुन् । त्यसैमाथि नेपाल टेलिकमले उनलाई निशुल्क सिमकार्ड समेत दिएपछि खुसिको सिमा नै छैन । उनी भन्छन्–“मैले यहाँबाट मोवाईलमा कुराकानी गर्छ पाउँछु भनेर सोचेको पनि थिईन् ।” छन्त्यालले मात्र होईन अधिकाँस गुर्जावासीले गुर्जामा मोवाईल सेवा पुग्ला भनेर पनि सोचेका थिएनन् । यस भन्दा अगाडि कसैसँग कुराकानी गर्नु प¥यो भने घण्टौ लाईनमा बसेपछि मात्र भिस्याट मार्फत कुराकानी गर्न पाईन्थ्यो गुर्जाबाट । गुर्जामा मोवाईल सेवा पुगेको एक साता नपुग्दै २ सय भन्दा धेरै मानिसको हातमा मोवाईल सेट पुगिसेको बताउँछन गुर्जाका अगुवा झकप्रसाद छन्त्याल । गुर्जाबाट मोवाईलमा कुराकानी मात्र होईन, इन्टरनेट समेत
चलाउन पाउँदा मख्ख छन् झकप्रसाद छन्त्याल । उनले गुर्जाबाट विभिन्न फोटाहरु अपलोड गर्दा कसैले पनि पत्याएनन्, गुर्जामा इन्टरनेट चल्छ भनेर । उनी भन्छन्–“मैले धेरै साथीहरुसँग गुर्जाबाट इन्टरनेटमा कुराकानी गरे तर कसैले पनि पत्याएनन्, मलाई नै उल्लु बनाए तर पछि विस्तारै पत्याए ।” गुर्जाका बृद्ध बृद्धा मोवाईलमा कुराकानी गर्न पाउँदा दंग छन् भने युवायुवति सामाजिक सञ्जालसँग जोडिन पाउँदा । छन्त्याल कहाँ फेसबुकको आईडि खोल्नेको लाईननै लाग्छ । “फेसबुक आईडि खोलि देउ भनेर मेरो घरमा मानिसहरु आउने गर्छन्, छन्त्यालले भने यहाँका अधिकाँस युवाहरु विदेशमा छन् आफन्तसँग कुराकानीका लागि पनि फेसबुक आईडि खोल्न आउँछन्” छन्त्यालको घरमा फेसबुक आईडी खोल्नका लागि युवायुवतिहरु आउने गर्छन् भने मोवाईलमा सिमकार्ड हाल्न, सामान्य समस्या प¥यो भने समाधान गर्नका लागि बृद्धाबृद्ध आउने गर्छन् । पहिले गाउँमा गीत सुन्नका लागि किनेका मोवाईलहरु बल्ल प्रयोगमा आएका छन् छन्त्यालले भने । गुर्जामा मोवाईल र इन्टरनेट सेवा पुगेसँगै गुर्जाका सम्भावनाहरु उजागर गर्न टेवा पुग्ने छन्त्यालको भनाई छ । नेपाल टेलिकम म्याग्दी शाखाले गुर्जामा १० वटा सिमकार्ड निशुल्क वितरण गरेका नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख विष्णुदेव शाहले बताए । जेष्ठ नागरिक, कृषि सहकारी, दलित र गरिब परिवारका सदस्यहरुले निशुल्क सिमकार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण