नाका खुलेकसँगै हुँदै वीरगन्जबाट आयात ह्वात्तै बढ्यो : तीन दिनमा उठ्यो १२ करोड राजश्व
वीरगञ्ज – वीरगन्ज रक्सौल नाकाको अवरोध हटेसँगै भारतबाट वीरगन्ज नाका हुदै मालसामनको आयात ह्वात्तै बढेको छ । मधेसी दलले गत असोज ७ गते देखि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेको नाका एक सय ३५ दिन पछि गत शुक्रबारदेखि अघोषित रुपमा खुलेको हो । शुक्रबार दिउँसो भारतीय व्यपारी र स्थानीयले मितेरी पुलमा आन्दोलनकारीले गरेको अवरोध हटाएर नाका खुलाएका थिए । नाका खुले लगत्तै शुक्रबार दिउँसोदेखि नै भारतबाट इन्धन र मालसामान बोकेका तथा साना ठूला चार पाङग्रे गाडीहरु वीरगन्ज भित्रिने क्रम शुरु भएको हो । नाका खुलेपछिको तीन दिनको अवधीमा भारतबाट रक्सौल नाका हुदै इन्धन र मालसामान बोकेका तथा साना ठूला गरि कुल एक हजार चार सय एक वटा गाडी वीरगन्ज भित्रिएको छ । शुक्रबारदेखि आइतबार बेलुकीसम्म एक हजार चार सय एउटा गाडी रक्सौल नाका हुँदै वीरगन्ज भित्रिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार शुक्रबार एक सय ५४, शनिवार ६ सय ५६ र आइतबार पाँच सय ९१ वटा गाडी वीरगन्ज भित्रिएको हो ।
तीन दिनको अवधिमा नेपालबाट पनि वीरगन्ज नाका हुँदै पाँच सय २६ वटा गाडीहरु भारतको रक्सौल तर्फ गएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । भारतबाट सहज रुपमा मालसामन भित्रिन थालेपछि वीरगन्ज भन्सार कार्यालयको यार्ड मालसामान र मालवाहक ट्रकले खचाखच भरिएको छ । नाकाको अवरोध हटेपछि शुक्रबारदेखि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली पनि ह्वात्तै बढेको छ । शुक्रबारदेखि आईतबार सम्म तीन दिनको अवधिमा झण्डै १२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । नाकाबन्दी खुलेपछिको तीन दिनमा ११ करोड ७३ लाख रुपैया राजश्व असुली भएको भन्सार कार्यालयका सुचना अधिकृत सुशील शर्मा पौडेलले बताए । आइतबार ६ करोड ५५ लाख, शनिवार तीन करोड ८५ लाख र गत शुक्रबार ८८ लाख रुपैया राजश्व असुली भएको पौडेलले जानकारी दिए । नाकाबन्दी खुलेपछि राजश्व असुली बढे पनि चालु आर्थिक वर्षका लागि भन्सार विभागले दिएको लक्ष्य भने पूरा गर्न नसकिने सुचना अधिकृत पौडेलले बताए ।
भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्ष २०७२/०७३ मा एक खर्ब तीन अर्ब रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएको छ । तर भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वार्षिक लक्ष्यको १४ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा भन्सार कार्यालयले वार्षिक लक्ष्यको १४ दशमलव १९ प्रतिशत मात्र अर्थात १४ अर्ब ६१ करोड ६५ लाख १४ हजार रुपैया मात्र राजश्व संकलन गर्न सकेको सुचना अधिकृत पौडेलले बताए । नाका खुलेपनि अब वार्षिक लक्ष्य कुनै पनि हालतमा पुरा हुन सक्दैन,’ उनले भने, ‘फेरि पनि अवरोध भएन भने अब बाँकी रहेका पाँच महिनाको मात्र मासिक लक्ष्य भने पूरा गर्न सकिन्छ ।’ तीन दिनको अवधीमा भारतबाट नयाँ जीप, कार, भ्यान , नयाँ टिपर , प्याकिंग मेटेरियल , एचआर सिट, मकै, पिना, चामल ,कपडा, हार्डवेयर, मेशिनरी पाटपूर्जा लगायतका सामानहरु आयात भएको भन्सार कार्यालयका सुचना अधिकृत पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण