सिरकले थिचेर छोराको हत्या
सोमबार, २५ माघ २०७२, १५ : ३३
झापा–बिर्तामोड नगरपालिका–२ निवासी एक व्यक्तिले मादक पदार्थ सेवन गरी नाबालक छोराको हत्या गरेका छन् ।
बिर्तामोड नगरपालिका–२ रामचोक निवासी २० वर्षीय देव दासले मादक पदार्थ सेवन गरी छ महिने छोरा सुरज दासको सिरकले थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
गए राति छोरालाई सिरक र डसनाले थिच्दै गर्दा आमाले देखेर तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा पु¥याइएपनि शिशुको उपचारकै क्रममा मृत्यु भएको इप्रका बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
हत्यामा संलग्नलाई इप्रका बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण