सांसद ओझाद्वारा राजीनामाको घोषणा
सोमबार, २५ माघ २०७२, २३ : १६
धनगढी– नेपाली काँगे्रस कैलालीको जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि पदाधिकारीको उम्मेदवारीका विषयमा बिवाद बढेपछि काँग्रेस नेता एवम् सांसद पुष्करनाथ ओझाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
महाअधिवेशनस्थल धनगढीमा पत्रकार सम्मेलन गर्दै सांसद ओझाले आफूले कांग्रेसको महासमिति, महाअधिवेशन प्रतिनिधि र सांसद पदबाट राजीनामा गरेको जानकारी दिए ।
वरिष्ठ नेता शेरबहादुर देउवाको सल्लाह बमोजिम जिल्ला सभापतिमा वर्तमान सभापति नरनारायण शाहलाई नै आफूले अघि सारेकामा सभापतिका प्रत्यासी शाहले जिल्ला सचिव र कोषाध्यक्षमा आफुखुुसी गरी आफ्नो सल्लाह नमानेकाले राजीनामा दिएको बताए ।
कैलाली – ६ बाट पछिल्लो संविधानसभाको चुनावमा विजयी काँगे्रसका वरिष्ठ नेता देउवाले सो क्षेत्रबाट राजिनामा दिएपछि भएको उपनिर्वाचनमा ओझा विजयी भएका थिए ।
जिल्ला कार्यसमितिको अध्यक्षका लागि वर्तमान सभापति शाह, भीम वडुवाल र गणेश देउवा चुनावी मैदानमा छन् । छ र्विाचन क्षेत्र रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि ७०२ मतदाता छन् ।
यसैबीच मतपेटिका तोडफोडको प्रयास भएपछि काँग्रेस कैलालीको जिल्ला अधिवेशन आज स्थगन गरिएको छ । जिल्ला अधिवेशनस्थल स्थानीय ओम प्यालेसमा मतदानको प्रक्रिया सुरु भएको केही समयमै मतपेटिका तोडफोडको प्रयास गरिएसँगै भएको दुई पक्षबीचको झडपपछि निर्वाचन प्रक्रिया मङ्गलबारसम्मका लागि स्थगन गरिएको निर्वाचन समितिले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण