माटाका भाँडा वनाउने पेशा पुस्ता हस्तान्तरण नहुँदा लोप हुँदै
जाजरकोट– रुकुम चौरजहारी नगरपालीका टाँटागाउँमा माटाका भाँडा वनाउने पूर्खेउली पेशा लोप हुदै गईरहेको छ । परम्परागत पेशामा नयाँ पुस्ताका युवा युवतीहरु संलग्न नभएपछि माटाका भाँडा वनाउने पेशा लोप हुन थालेको हो । केही वर्ष पहिले धेरैले चल्तीमा रहेको माटाका भाँडा वनाउने पेशा हाल गाउँका दुई जनाले मात्र चलाई रहेका छन् । पेशा चलाउनेमा ५० वर्षिय प्रशाल कमाल र ४५ वर्षिय टरे कमाल रहेका छन् । कमाल समुदायको पेशाको रुपमा रहेको माटाका भाँडा वनाउने कार्य हाल गाउँकै दुई जनाले मात्र गर्दा पेशा लोप हुन थालेको पत्रकार गोपाल रेग्मीले बताए । वनजंगल विनास हुदै जानुले पेशा निकै जटिलता वन्दै जानु, नागरिक समुदायहरुमा आधुनिकताको तिव्र प्रभावले पनि पेशा लोप हुदै जानुको मुख्य कारण भएको हुन सक्ने पत्रकार रेग्मीको ठहर छ । नागरिक समुदाय सुलभताको खोजी गर्दै अगाडी वढी रहेका कारण माटाको भाँडाहरु प्रयोग गर्नुको सट्टा प्लास्टिकका भाँडाहरु प्रयोग गर्न थालेको पेशामा सम्लग्न प्रशाद कमालले बताए । गाउँमै उत्पादन गरिएका माटाका भाँडाहरु विक्री नभएपछि विस्तारै पेशालाई छोडेर अन्य कामको पेशातिर लाग्नु परेको कमालको भनाई छ । ६ महिना सम्म वनाएका माटाका भाँडाको कमाई ४० देखि ५० हजार सम्म हुने कमालले जानकारी दिए । हाल घरवाटै माटाको प्रति गाग्री ३ सय ५०, गमला ६ सय र भुट्की सय रुपैयामा विक्री गर्ने गरिएको छ । पुर्खेउली पेशाका रुपमा रही आएको माटाका भाँडा वनाउने पेशा सिक्नका लागी आफ्ना दुवै छोराले नचाहेको र सिकाउनलाई पनि आफुले जोड नदिएको प्रशादको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण