शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ महिना ७ दिनपछि थाइल्याण्डबाट फर्किए अनन्त, भने–स्वस्थ्य भएर फर्किएँ

मङ्गलबार, २६ माघ २०७२, १४ : ४१
मङ्गलबार, २६ माघ २०७२
काठमाडौं– एमाओवादी सचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्किएका छन् । गम्भीर खालको बिरामी परेपछि थाइल्याण्डको समितिभेज अस्पतालमा उपचार गराउँदै आएका अनन्त २ महिना ७ दिन पछि स्वस्थ्य स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अनन्तले आफू निको भएर आएको बताए । टोक्सिक्स हेपाटाइटिस भएको चिकित्सकबाट जानकारी प्राप्त भएको भन्दै उनले सो निको भएसँगै आफू फर्किएको उनको भनाई थियो । यद्यपी चिकित्सकले केहि समय अझैं आराम गर्न सुझाव दिएको उनले सो अवसरमा बताए । केहि समयको आरामपछि देश र जनताको पक्षमा समर्पित भएर राजनीतिमा लाग्ने भन्दै उनले आफू बिरामी हुँदा आम नेता , कार्यकर्ता, सुभेच्छुकलगायतले देखाएको सद्भावप्रति धन्यवाद ज्ञापन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप