शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियालार्इ १५ लाख कामदार दिने मस्यौदा बंगलादेशले पारित गर्यो

मङ्गलबार, २६ माघ २०७२, १५ : १३
मङ्गलबार, २६ माघ २०७२
क्वालालम्पुर–मलेसियाले माग गरेको १५ लाख कामदारको प्रस्ताबित मस्यौदा बंगलादेशले पारीत गरेको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको बैठकले मस्यौदा पारीत गरेको मन्त्रीपरिषदका सचिब मोहमद शफिउल आलमलाई उध्रित गर्दै मलेसियन संचारमाध्यमले जनाएका छन् । साथै बैठकले कामदार पठाउदा लाग्ने खर्च बढीमा १ हजार ९ सय ८५ आरएम रोजगार दाता कम्पनीले नै ब्यहोर्नु पर्ने निर्णय गरेको सचिब आलमले बताए । यस्लाइ नेपाली रुपैयासँग तुलना गर्दा लगभग अहिलेको सटही दर अनुसार ५१ हजार ६ सय हुन आउछ । यसबारे मलेसियाले कुनै प्रतिक्रिया दिएको छैन । यसबाहेक बंगादेशी कामदारको प्रतिब्यक्ति कुल लागत् बारेमा केहि खुलाइएको छैन । अबको एक महिनाभित्र यी दुई देशबिच सहमतीपत्रमा हस्ताक्षर हुने बताइएको छ । मलेसिया आएका आप्रबासी कामदार मध्य सबै भन्दा बढि लागत बुझाउनेमा बंगलादेशी पर्ने गर्दछन् । बंगलादेश सरकारले आफनै मातहत अर्थात जिटुजी (सरकार सरकारबीच) सिस्टम अन्र्तगतकै ब्यबस्थापनमा निजी कम्पनीहरु मार्फत कामदार मलेसिया पठाउने भएको हो । पारित मस्यौदाले बंगलादेशी महिला कामदारका लागी पनि मलेसिया खुल्ला गरिदिएको छ। आगामी सन २०१८ भित्रमा १५ लाख कामदार मलेसिया पठाउने बंगलादेशद्धारा पारीत मस्यौदामा उल्लेख छ । हरेक बर्ष ५ लाख बंगलादेशी कामदार मलेसिया आउने छन् । यहांको सरकारले आप्रवासी कामदारका लागी खुल्ला गरिदिएका सबै क्षेत्रमा उनीहरुले काम गर्ने जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप