शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी नायव निरीक्षक रंगेहात पक्राउ

मङ्गलबार, २६ माघ २०७२, १६ : ३६
मङ्गलबार, २६ माघ २०७२

काठमाडौं– घुस लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय वर्दियाको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायव निरिक्षक नर बहादुर बिक पक्राउ परेका छन् ।

सार्वजनिक अपराध ऐन अन्तर्गतको कसुरमा हिरासतमा रहेका एक अभियुक्तसँग मुद्दा मिलाईदिने भनि घुस रकम माग गरेको भन्ने उजुरी एंव सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुरस्थित सम्पर्क कार्यालयबाट खटि गएको टोलीले उनलाई एक लाख पचास हजार घुस लिदालिदै पक्राउ गरेको हो । अख्तियारले यसबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप