फलाममा सुनको जलप लगाई सुन भन्दै ठगी गर्ने २ प्रक्राउ
मङ्गलबार, २६ माघ २०७२, २० : २४
झापा फलाममा सुनको जलप लगाई सुन भन्दै ठगी गर्ने गिरोहका २ जनालाई प्रहरीले झापाको काकंडभिट्टाबाट मंगलबार प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा झापा डाँगीबारी—७ का ३६ बर्षिय राजु खड्का र हरिवन—७ सर्लाहीका सोही उमेरका राजेन्द्र गौतम रहेको प्रहरीले जनाएको छ ।
काँचो सुन जस्तै देखिने फलामको ढिक्का देखाएर सर्वसाधारणलाई ठगी गरी भारतमा लुकेर बस्दै आएका खड्का र गौतमलाई नेपाल आउँदै गर्दा प्रहरीले पूर्वी नाका काँकडभिट्टाबाट प्रक्राउ गरेको हो । उनीहरुलाई भारतीय नम्बर प्लेटको एसके ०१ पिए ०३१९ नम्बरको कार सहित प्रक्राउ गरिएको र सो कारको कागजात समेत नक्कली भएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनीहरुका साथबाट सुनजस्तै देखीने दुइवटा फलामका ढिक्का समेत बरामद गरीएको छ ।
खड्का झापाका बिभिन्न स्थानका महिलालाई ठगि गरेर फरार भएका थिए । ठगिएका मध्ये एक महिलाले काकडभिट्टास्थित बसपार्कमा खड्कालाई देखेपछी प्रहरीलाई खबर गरेकी थिइन । पक्राउ परेकामध्ये खड्काको नाममा इलाका प्रहरी कार्यालय दमकमा सुनमा ठगी सम्बन्धि पाचवटा उजुरी परेको भएपनि केही समययता उनी फरार थिए । उनि भारतका बिभिन्न सिमावर्ती बजारमा बसेर पूर्वका बिभिनन ठाउँमा ठगी धन्दा चलाउदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनिहरुमाथि म्यादथप गरेर थप अनुसन्धान अघि बढाउने प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण