शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पाँच लाख दिए जागिर पक्का !

बुधबार, २७ माघ २०७२, १२ : ४७
बुधबार, २७ माघ २०७२
काठमाडौं – नेपालमा जागिर खान ठूलामान्छेको आफन्तमात्रै हुनुपर्ने भन्दै हैरान भएर धेरै युवा विदेशीएका छन् । अहिलेसम्म सरकारी जागिरमा नातावाद चल्दैन भनेर धेरै युवाले मरिमेटेर पढेका छन् । तर, त्यही सरकारी जागिरमा पनि ठगीधन्दा भएपछि मरिमेटेर पढ्ने गरेका युवायुवती अहिले छाँगाबाट खसेजस्तै भएका छन् । प्रसंग हो राष्ट्रिय चिया तथा कफि विकास बोर्डको । सरकारी जागिरका लागि भनेर परीक्षा दिएका परीक्षार्थीहरुलाई ‘पाँच लाख दिनेभए जागिर पक्का नत्र हुँदैन’ भन्दै कार्यकारी निर्देशक शेषकान्त गौतमले नै बार्गेनिङ्ग गर्न थालेपछि नजिताको पर्खाईमा बसेका परीक्षर्थीहरु चिन्तामा परेका छन् ।

विज्ञापन खोल्दै कु नियत  गत असोज २ गते राष्ट्रिय चिया तथा कफि विकास बोर्डले ४२ जना कर्मचारी माग गरेर एउटा सूचना सार्वजनिक ग¥यो । त्यसको भोलीपल्ट अर्थात असोज तीन गते नेपालमा नयाँ संविधान जारी भयो जसमा सरकारी जागिरका विषयमा नयाँ व्यवस्था गरिएको थियो । धारा २४३ को उपधारा (२), (३) र (४) को व्यवस्था अनुसार ‘निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्ति का लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।’ भन्ने नयाँ व्यवस्था आउन लागेको थाहा पाएपछि संविधान जारी हुनुभन्दा एकदिन अगाडी नै सूचना जारी गरियो । ‘भालीपल्ट सूचना निकाल्यो भने नयाँ संविधान अनुसार लोकसेवाले परीक्षा लिने भएकोले हतार हतार अघिल्लै दिन सूचना जारी गरियो’ कार्यालयका एक अधिकृतल भने ।

युवा विद्यार्थीले फारम भर्न पाएनन्  सूचना सार्वजनिक हुने समयमा तराईमा बन्द हड्ताल र ईन्धन अभावका कारण आवत जावतमा निकै कठिन थियो । दँशै तिहारको समय परेकोले धेरै विद्यार्थी गाउँ फर्किन शुरु गरेका थिए । त्यस लगत्तै देशमा नाकाबन्दीका कारण स्थिति असामान्य भयो । त्यस्तो समयमा सार्वजनिक भएको सूचना कतिपयले जानकारी नै पाएनन् भने जानकारी पाउनेले पनि असहज अवस्थाका कारण फारम भर्न पाएनन् । ‘परीक्षा दिने र जागिर खाने भनेर तयारी गरियो तर नाकाबन्दीका कारण काठमाडौं पुग्न नसकेर फारम नै भर्न पाइएन् ।’ आईतबार बोर्ड परीसरमा भेटिएकी चितवन रत्ननगरकी विएस्सी एजी उत्तिर्ण शिवा काफ्लेले गुनासो गरीन् । त्यसैले निकै कम मात्रै परीक्षार्थीले फारम भरेका थिए । उपनिर्देशकको पदमा त महिलाहरुको आवेदन नै परेको छैन । परीक्षा स्थगनको माग गर्दा पनि स्थगन भएन  परीक्षाको मिति तोकिएपछि बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, सञ्चालक फर्सुराम आचार्य र पूर्व कृषि विकास मन्त्री हरी प्रसाद पराजुलीले पैसाको बार्गेनिङ्ग गरेपछि परीक्षार्थीहरुले परीक्षा स्थगन गरी लोकसेवाले लिनुपर्ने माग गर्दै कृषि विकास मन्त्रालयमा निवेदन दिएका थिए । ‘हामीलाई त सिधै पाँचलाख दिने हो भने नाम निस्कन्छ, के गर्ने हो ? भनेर सञ्चालक फर्सुराम आचार्यमार्फत गौतमको खवर आयो ।’ लेखा प्रमुख को लागि परीक्षा दिएका एक विद्यार्थीले भने ‘पैसा दिने हैसियत भएको भए त जागिर किन चाहिन्थ्यो र भनेँ, त्यसपछि कृषि विकास मन्त्रालयमा उजुरी गरेको हो । तर पिडीतहरुको उजुरीमाथी कुनै छानविन नभएपछि उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरीषद्को कार्यालयमा निवेदन दिए । उजुरीपछि कृषि विकास मन्त्रालयले परीक्षा स्थगनका लागि पत्र पनि पठाएको थियो । तर गौतमले परीक्षा स्थगन गर्न मानेनन् । ‘कर्मचारी भर्ना प्रकृयामा व्यापक भ्रष्टाचार भएको भनेर कृषि विकास मन्त्रालयबाट उजुरीको व्यहोरासहित परीक्षा स्थगनको लागि माघ १० गते निर्देशन भएको हो ।’ मन्धालयका एक अधिकृतले भने ‘तर उहाँहरुले परीक्षा स्थगन गर्न मान्नुभएन ।’ प्रधानमन्त्री र राष्ट्रपतिको धाक लगाउँदै रकम असुल्दै  कृषि विकास मन्त्रालयबाट पत्राचार हुने बेला परीक्षा चलिरहेको थियो । तर मन्त्रालयकै कर्मचारीको समेत मिलेमतो र सरकारको नेतृत्व आफ्नो पर्टिले गरेको भन्दै कार्यकारी निर्देशक गौतमले परीक्षा रोक्न मानेनन् । ‘मन्त्रालयले निश्पक्ष र नियमित ढंगबाट लोकसेवा आयोग मार्फत परीक्षा सञ्चालन गर्न’ निर्देशन दिएको थियो । तर कार्यकारी निर्देशक गौतमले परीक्षा स्थगन नगरेको बोर्डका कर्मचारीहरुको समेत गुनासो छ । ‘हामीले त भोली विबाद होला, मन्त्रालयको निर्देशन आईसकेपछि परीक्षा स्थगन गरौँ भनेका हौँ ।’ बोर्डका एक कर्मचारीले भने ‘तर मन्त्रालयले निर्देशन दिएर केही हु्ँदैन, प्रधानमन्त्री र राष्ट्रपति हाम्रै छन् भन्नुभयो ।’ परीक्षाका लागि लोक सेवा आयोगले तोकेका उपसचिव झक्कुकुमार आचार्यको पनि यसमा मिलेमतो रहेको कर्मचारीहरुको आरोप छ । ‘परीक्षा फरक प्रकृयाले भएको छ, उहाँहरु प्रतिनिधी मात्र आउनुभएको हो तर ल कपि सबै लोकसेवामा भन्दै लैजानुभयो ’ ति कर्मचारीले भने ‘लोकसेवाले लिने भए त लोकसेवाकै प्रकृया हुन्थ्यो होला नि ।’ परीक्षापछि बार्गेनिङ्ग झन बढ्यो  गएको माघ पुस ९ देखि ११ गतेसम्म लिखित परीक्षा सञ्चालन भएको थियो । तर परीक्षा सकिएपछि कार्यकारी निर्देशक गौतमले रकम असुल्ने काम तिब्र पारेका छन् । परीक्षार्थिहरुका घर घरमै मान्छे पठाएर रकमका लागि बार्गेनिङ्ग गरेको उनीहरुको गुनासो छ । ‘ल अव रीजल्ट निकाल्ने तयारी भयो, पहिलाको सम्झौता अनुसार दिने कि के गरौँ भनेर खवर पठाउनुभएको थियो ।’ दोहोरो खवरले चिन्ता परेको भन्दै एक परीक्षाथिएर्ले भने ‘आफूलाई नाम निकाल्ने ढुक्क थियो तर पैसा नखुवाई नहुने भयो, तिर्ने कहाँबाट ?’ हुनेवाला ज्वाईँले आफै प्रश्न काटे आफै परीक्षा दिए  बोर्डमा अधिकृत पदमा कार्यरत गौरव लुँईटेलले आफै प्रश्न किाटेको र आफै परीक्षा दिएको कार्यालयका कर्मचारीहरुको आरोप छ । ‘कफिको विज्ञ भएको भनेर गौरव सरलाई प्रश्न काट्ने जिम्मा दिईएको हो’उनले भने ‘तर पछि उहाँ आफै परीक्षामा सहभागी हुनुभयो ।’ लुईटेललाई गौतमले ज्वाईँ भनेर सम्बोधन गर्छन । कर्मचारीहरुका अनुसार उनीहरु ससुरा ज्वाईँ भईसकेका भने छैनन । तर कार्यालयमा अन्य कर्मचारीले गौतमको अनियमितताको विरोध गरेपछि अविबाहित लुईटेललाई हात लिएर काम काम गर्नका लागि उनलाई आफ्नी छोरी बिबाह गरीदिने शर्त राखेका छन् । ‘हामीसंग त ज्वाईँ नै भन्नुहन्छ, बाहिरबाट कोही मनमिल्ने मान्छे आयो भनेपनि उहाँ मेरो हुनेवाला ज्वाईँ भनेर परीचय गराउनुहुन्छ ।’ लेखा शाखाका एक कर्मचारीले भने ‘यो सुन्दै लाजमर्नु छ हेर्नुस हाम्रो कार्यालयमा त ।’ आरोपबारे गौतमको भनाई कार्यकारी निर्देशक गौतमले भने आफूमाथी लागेको आरोप गलत भएको दावी गरे । ‘यी सबै बनावटी कुरा हुन्, कसले के भन्छ ? त्यो मलाई थाहा छैन् ।’ उनले भने ‘जागिर खानको लागि पाँच लाख भन्ने कुरा पनि आएको छैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप