शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बाह्रौं सागमा रजत जितेकी झरनाद्वारा उसुबाट सन्यास घोषणा

बुधबार, २७ माघ २०७२, १९ : ०९
बुधबार, २७ माघ २०७२

गुवाहाटी– बाह्रौं दक्षिण एसियाली खेलकुदमा उसुतर्फ रजत पदक जितेकी झरना गुरुङले सन्यासको घोषणा गरेकी छिन् । भारतको सिलोङमा जारी प्रतिस्पर्धा आफ्नो लागी अन्तिम भएको भन्दै गुरुङले सन्यास लिएकी हुन् । ‘मेरो लागी यो अन्तिम खेल हो’ उनले भनिन्, ‘अब म खेलाडीको रुपमा उसुको एरिनामा उत्रने छैन ।’ उसु खेलबाट सन्यास लिएपनि झरनाले प्रशिक्षका रुपमा उसु क्षेत्रमा लागीपर्ने बताईन् । उनले आफुलाई खेलाडीको रुपमा यो अवस्थासम्म पुर्याउने सवैलाई धन्यवाद दिईन् । सात बर्षदेखि उसु खेल्न थालेकी झरनाले ढाकाम सम्पन्न एघारौं सागमा पनि काँस्य जितेकी थिईन् । पौडीमा गौरिकाले जितिन् रजत १२ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालकी पौडीवाज गौरिका सिंहले बुधवार रजत पदक जितेकी छिन् । शुरुवाती दिनदेखि नै चम्केकी सिंहले २०० मिटरको ब्यक्तिगत मिड्लेतर्फ रजत जित्दै आफ्नो पदक संख्या चार पुर्याएकी छिन् । २०० मिटरको दुरी पूरा गर्न उनले २ मिनेट ३१ दशमलव १८ सेकेन्ड समय लगाएकी थिइन् । सो स्पर्धामा भारतीय खेलाडीले स्वर्ण पदक चुमे । गुवाहाटी स्थित डा. जाकिर हुसैन इक्वेटिक कम्प्लेक्समा भएको प्रतिस्पर्धामा उनले यसअघि तीनवटा काँस्य पदक जितेकी थिइन् । मंगलबार ४०० मिटर फ्रि स्टाईल अन्तर्गत तेस्रो काँस्य जित्दै गौरिकाले आफ्नो ह्याट्रिक पुरा गरेकि थिइन् । आईतबार देखि लगातार काँस्य पदक जित्न थालेकी सिंहले आफ्नो जितको श्रृङ्खला लाई बुधवार सम्म निरन्तरता दिईन् । यसअघी उनले ब्याक स्टोक अन्तर्गत एक सय मिटरको दुरी १ मिनेट सात दशमलव ३१ सेकेन्डमा पुरा गर्दै काँस्य पदक जितेकी थिईन् । इंगल्याण्डमा सात कक्षामा अध्ययनर सिंह त्यही पौडीको अभ्यास गर्दै आएकी छिन् । उसुमा एकैदिन ६ रजत बाह्रौ साग अन्तर्गत बुधबार भारतको सिलोङमा भएको खेलमा उसुतर्फ नेपालले ६ रजत पदक जितेको छ । नेपालका लागि उसु खेलाडीहरु हरिप्रसाद गोले, सविता राई, जुनि राई, झरना गुरुङ, विन्दु पुन मगर र राजेश चौधरीले नेपालका लागी रजत जितेका थिए । उसु अन्तर्गत हरिप्रसाद गोलेले थाउलो स्पर्धामा रजत जितेका थिए । अघिल्लो दिन ९.०१ अंक प्राप्त गरेका उनले आज पनि समान ९.०१ अंक प्राप्त गर्दै कुल १८. ०२ अंक सहित रजत जितेका हुन् । सविता राइले महिला थाउलो अन्तर्गत ताइचिक्वान स्पर्धामा रजत जितीन् । उनले हिजोको प्रतिष्पर्धामा ९.१५ अंक प्राप्त गरेकी थिइन् भने आजको प्रतिष्पर्धामा ८.५५ गरेर कुल १७.७० अंक प्राप्त गरिन् । महिला सान्सु स्पर्धातर्फ नेपालकी झरना गुरुङ र जुनी राइले रजत पदक जिते । झरनाले ५२ केजी तौल समूहमा रजत पदक प्राप्त गरिन् । स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा उनी भारतकी युमनाम सनाथोइ देबीसँग २÷० ले पराजित भइन् । उनीबाट नेपालले स्वर्णको आशा गरेपनि फाइनलमा सोंचे अनुसार प्रदर्शन गर्न सकिनन् । त्यस्तै, सोही स्पर्धाको ६० केजी तौल समूहमा जुनी राइले रजत पदक जितिन् । आज स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा भारतकी अरुणनपमा देवीसँग २÷० ले नै पराजित भएपनि उनी रजत पदकमा सिमित भइन् । राजेश चौधरीले ५६ केजी तौल समूहमा रजत जितेका छन् । महिलाको सान्सौंतर्फ बिन्दु पुन मगरले ७० केजीमुनिको स्पार्धामा रजत जितीन् । उनले भारतकी पुजा काडियासँग २–० को हार ब्याहोर्दै रजतमा सिमीत भईन् । स्क्वासमा काँस्य बाह्रौं साग अन्तर्गत स्क्वासमा नेपालले काँस्य पदक हात पारको छ । बुधवार गुवाहाटीमा भएको खेलमा महिला अन्तर्गतको टिम इभेन्टमा नेपालले काँस्य जितको हो । महिला तर्फ नेपालका खेलाडीहरु भावना सुनार र विपना ब्लोनले श्रिंलकाका खेलाडीसँग हार ब्यहोर्दै काँस्यमा चित्त बुझाए । चार राष्ट्रले सहभागिता जनाएको महिला टिभ इभेन्टमा नेपालले कुनैपनि राष्ट्रसंग जित हात पार्न सकेन । दुई टिमलाई काँस्य दिने प्रावधान भएकोले नेपालले काँस्य पाएको हो । नेपाल भारत, श्रीलंका र पाकिस्तानसंग समान ३–० को नतिजामा पराजित भयो । नेपाली टोलीमा भावना सुनवार, कृष्णा थापा र विपना ब्लोनले प्रतिस्पर्धा गरेका थिए । नङ्शल काँस्यमा सीमित नेपालकी नङ्शल तामाङ सागअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा बुधबार काँस्यमा सीमित भएकी छिन् । सिलोङमा भएको खेलमा नङ्शल सेमिफाइनलमा भारतकी रुबिकासंग सोझो सेटमा २१–१२ र २१–७ ले पराजित भएपछि काँस्यमा सीमित भएकी हुन् । अघिल्लो दिन सम्पन्न क्वाटरफाइनलमा नङ्शलले बंगलादेशकी राहनालाई २१–१० र २१–१३ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् । सागमा ब्याडमिन्टनको यो दोश्रो व्यक्तिगत पदक हो । श्रीलंकामा भएको सागको १० औं संस्करणमा सुमिना श्रेष्ठले काँस्य जितेकी थिइन् । ब्याडमिन्टनमा नेपालले जम्मा २ काँस्य पदक जित्यो । यसअघि महिला टिम इभेन्टमा नेपालले काँस्य जितेको थियो । टिममा सरादेवी तामाङ, नङ्शल, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अनुमाया राई छन् । ब्याडमिन्टनको स्पर्धा बुधबार सकिएको छ ।

तस्विर : एचके नेपाल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप