जङ्गली हात्तीको आक्रमणमा एक महिला गम्भीर घाइते
बुधबार, २७ माघ २०७२, १९ : २६
चितवन - पश्चिम चितवनको नारायणी नगरपालिका– १ अन्द्रौलीकी ४८ वर्षीया भीमा कुमाल जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घर नजिकै चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा लिन जानुभएकी कुमाललाई आज दिउँसो हात्तीले आक्रमण गरेको थियो । घाइते कुमालको टाउको र दाहिने खुट्टामा गहिरो चोट लागेको छ । उहाँको हाल कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण