अनेरास्ववियुको सम्मेलन बिहीबार
बुधबार, २७ माघ २०७२, १९ : २७
काठमाडौँ - काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औँ राष्ट्रिय सम्मेलनको बिहीबार प्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार सम्मेलनको तयारी पूरा भए पनि मङ्गलबार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि सम्मेलनलाई एक दिन पर सारिएको हो ।
यही माघ २७ गतेदेखि २९ गतेसम्म सम्मेलनको पुर्व निर्धारित कार्यक्रम भएपनि अब माघ २८ गतेदेखि फागुन १ गतेसम्म सम्मेलन जारी रहने छ । ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार : सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको सम्मेलनमा अध्यक्षमा वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतम अध्यक्षको प्रतिस्पर्धी छन् । सम्मेलनमा भागलिन देशभरबाट एक हजार ५०० प्रतिनिधि काठमाडौँमा आइपुगेको प्रवक्ता लामिछानेले जानकारी दिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण