गोल नै नगरी फुटबल उपाधि मदनपट्टीको कव्जामा
बुधबार, २७ माघ २०७२, ०६ : ४९
जलेश्वर – फुटबलको सरल नियम हो, जसले बढी गोल गर्छ, त्यो टोली विजेता बन्छ । तर, जलेश्वरमा जारी प्रतियोगितामा भने एक टोलीले गोल नै नगरी उपाधिमा कब्जामा जमाएको छ । जलेश्वर रंगशालामा बुधवार भएको जिल्ला स्तरिय लिग फुटवलको फाईनल खेलमा गोल नै नगरि मदनपटटीको न्यु जेनेरेसन युवा क्लवले उपाधि हात पारेको हो । खेलको पहिलो हाफ मै रेफ्रीले हात्तिलेटका एक खेलाडीलाई पहेलो कार्ड देखाएपछि हात्तिलेट टिमले रेफ्रीको विरोध गर्दै खेल वहिस्कार गरेपछि निर्णायक टोलीले मदनपट्टीलाई विजेता घोषित गरेको थियो । खेल समापन पश्चात जिल्ला फुटवल संघ महोत्तरीका अध्यक्ष प्रल्हाद साहले राष्ट्रिय टोलीका खेलाडी जलेश्वर निवासी रविन श्रेष्ठलाई सम्मान समेत गरेका थिए । बंगबंधु कप जितेर विश्वमै देश र जन्मथलोको नाम उच्च गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण