कोइरालाका भतिजाद्वय अतुल र सुधांशु किरिया बस्ने
काठमाडौँ - नेपाली काँग्रेसका दिवङ्गत सभापति सुशील कोइरालाको अन्त्येष्टि किरिया कोइराला निवास महाराजगन्जमा बस्ने व्यवस्था मिलाइएको छ ।
स्वर्गीय कोइरालालाई दागबत्ती दिनुभएका उनका भतिजाद्वय अतुल र सुधांशु कोइराला नै किरियामा बस्नेछन् ।
यसअघि पशुपतिस्थित आर्यघाटमा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालगायतका नेता तथा कार्यकर्ताले भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गरेका थिए ।
दाहसंस्कार चलिरहँदा त्यहाँ उपस्थित कार्यकर्ताले ‘सभापति कोइराला अमर रहुँन्, नेपाली काँग्रेस जिन्दावाद’जस्ता नारा लगाएका थिए । कोइरालाको पार्थिव शरीरलाई चितामा राख्नुअघि त्यहाँस्थित ब्रह्मनालमा हिन्दू विधिअनुसार अन्तिम संस्कार गरिएको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल, नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायत विशिष्ठ व्यक्ति र नातेदारले माला चढाएर श्रद्धासुमन अपर्ण गरेका थिए ।
श्रद्धाञ्जलि अपर्ण गर्न भुटानका गृहमन्त्री ल्योन्पो दावा ग्याल्तसेन र नेपालस्थित भारतीय राजदूत रञ्जीत राय आर्यघाट पुगेका थिए ।
उहाँको दाहसंस्कारलाई नजिकबाट नियाल्न पार्टीका कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो जमात बाग्मतीमा जमेको पानी भित्रै पसेको थियो ।
पशुपतिनाथ मन्दिर तथा आर्यघाट वरिपरि तस्बिरसहित ‘निष्ठाका यात्री सुशील’ लेखिएका फ्लेक्स र नेपाली काँग्रेसको झन्डा राखिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण