अरबमा नेपालीलाई ३३ लाखको कार उपहार
बुधबार, २७ माघ २०७२, २० : ०३
साउदी अरब - वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् ।
तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।
साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्ष्यित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा टेलिमनीले ल्याएको बम्परमा कार उपहार योजनाअन्तर्गत विश्वकर्मा कार जितेका हुन् ।
कार विजेता विश्वकर्मालाई रियादमा एक कार्यक्रमबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले साँचो हस्तान्तरण गरे । सो अवसरमा १० जनालाई सामसुङ स्मार्ट मोबाइल, १२ जनालाई लेनोभोको ट्याबलेटसमेत हस्तान्तरण गरिएको थियो ।
कम्पनीले दसँै तिहारको अवसर पारेर ल्याएको सो उपहार योजना लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो ।
साउदी अरबबाट नेपालमा पैसा पठाउँदा कार उपहार दिने टेलिमनी नै पहिलो भएको साउदीका लागि टेलिमनीका कन्ट्री म्यानेजर जितेन्द्र थपलियाले बताए ।
साउदीमा केन्द्रीय कार्यालय रहेको टेलिमनीले विगत ११ वर्षदेखि साउदी अरबको दम्माम, रियाद, अल कसिम, जेद्दालगायतका सहरबाट सरल र सहज ढङ्गबाट नेपालमा पैसा पठाउने सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण