दक्षिण एसियाली खेलकुद : पुरुष फुटबलमा नेपालले बङ्गलादेशको सामना गर्ने
काठमाडौँ - दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्ने भएको छ । भारतको गुहावटीमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ बङ्गलादेशको सामना गर्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १÷१ गोलको बराबरीमा टुङ्गिएपछि नेपालले सेमिफाइनलको यात्रा एक खेल अगावै तय गरेको हो । त्यस्तै नेपालले बङ्गलादेशलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनका यात्रा तय गर्नेछ भने हार बेहोरेमा समूहको उपविजेताका रुपमा सेमिफाइनमा प्रवेश गर्नेछ । त्यसैगरी सागअन्तर्गत महिला फुटलब प्रतियोगितामा नेपाली महिला टोलीले भोलि आयोजक भारतको सामना गर्नेछ । यसअघि दुई खेल खेलेको नेपालले दुई खेलमा नै जित हासिल गरिसकेको छ । नेपाली महिला टोलीले बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै ६ अङ्क जोडेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण