चीनसँग भिड्न भारतको साहारा खोज्दै अमेरिका
नयाँ दिल्ली – अमेरिका र भारतले विवादित साउथ चाईना सीमा संयुक्त रुपमा जलसेना पठाउने विषयमा कुराकानी थालेका छन् । भारतको यस विषयलाई लिएर चीनले आपत्ति जनाउन सक्छ । साउथ चाईना सिको अधिकांश भूभागमा अहिले चीनले आफ्नो अधिकार जमाएको छ । एक अमेरिकी अधिकारीका अनुसार अमेरिका साउथ चाईना सीमा चीनको विरुद्ध धेरैभन्दा धेरै एशियाली देशको समर्थन चाहन्छ । अमेरिका र भारतबीच यस विषयमा कुराकानी भइरहेको छ । भारतीय जलसेनाको शक्तीलाई बलियो मानिएको छ । भारतको जलसेनाले साउथ चाइना सीमा पनि ठूलो भूमिका निभाउन सक्ने बताइएको छ । अहिलेसम्म भारतीय सेना ले कुनै देशसँग मिलेर यसरी अर्को देश विरुद्ध गतिविधी भने गरेको छै । जल सेनाका एक अधिकारी अनुसार भारतको नीतिमा अहिलेसम्म कुनै परिवर्तन आएको छैन् । तर भारतले संयुक्त राष्ट्रसंघको ब्यानरमा बन्ने कुनै पनि अन्तर्राष्ट्रिय सैन्य अपरेशनमा सहभागिता जनाउन सक्छ ।
गत वर्ष भारतले दिएको थियो चीनलाई चेतावनी गत वर्ष भारतले भनेको थियो–‘ हामी पनि साउथ चाईना सीमा आफ्नो जहाज पठाउन वा यस समून्द्रमाथि आकाशमा उडान लगाउन स्वतन्त्र छौ । यो खुला इलाका हो । यहाँ जहाज जानसक्छ ।’ भारतले भनेको थियो –‘यदी यो इलाकामा विवाद भयो भने अन्तर्राष्ट्रिय कानून बमोजिम यसको निकास खोजिनेछ ।’ भारतको ५५ प्रतिशत समून्द्री कारोबार साउथ चाइना सीको बाटो हुदँै हुन्छ ।
के छ विवाद चीनले दक्षिण चीन सागरमा १२ समून्द्री माइल लामो इलाकामा हक जमाएको छ । यो इलाका ‘१२ नाँटिकल मील टेरिटोरियल लिमिट’ भनेर चिनिन्छ । यो इलाका दक्षिण चीन सागरमा बनाइएको क्रितिम आईल्याण्डको आसपास छ । चीन बाहेक दक्षिण –पूर्वी एशियाका ताइवान, फिलिपिन्स, भियतनाम र मलेसियाले पनि यस इलाकामा आफ्नो दाबी पेश गरेका छन् । पछिल्लो महिना बाराक ओबामासँगको भेटमा चिनियाँ राष्ट्रपति शी जिनपिंगले यस इलाकामा चीनले आफ्नो सैनिक परिचालन गर्न नचाहेको बताएका थिए । तर चीनले यस क्षेत्रमा सैनिक गतिविधि बढाउन सक्नेतर्फ अमेरिका शर्तक छ । के छ विवादको मुख्य कारण – साउथ चाइना सी भन्दा तल तेल र ग्याँसको ठूलो भण्डार छ । अमेरिकाका अनुसार यस इलाकामा २ सय १३ अरब ब्यारेल तेल र ९ सय ट्रिलियन क्यूबिक फिट प्राकृतिक ग्याँसको भण्डार छ । यस समून्द्री मार्गमा हरेक वर्ष ७ ट्रिलियन डलरको व्यापार हुन्छ । चीनले सन् २०१३ को अन्त्यमा एउटा ठूलो योजना बनाएर पानीमा डुबेको रीफ एरियालाई क्रितिम आईल्याण्डमा परिणत गरेको थियो ।
के हो फ्रिडम अफ नेविगेशन अन्तर्राष्ट्रिय कानूनले कुनै पनि देशलाई उसको समून्द्री सीमाबाट १२ नाँटिकल माइल्ससम्मको क्षेत्रमा जाने अनुमति दिन्छ । यसपछि अन्तर्राष्ट्रिय बोर्डरको क्षेत्र सुरु हुन्छ । कुनै पनि देशले यस सीमाबाट बाहिरको क्षेत्रमा दाबी गर्न पाउँदैनन् ।
किन विवाद गर्दैछन् अमेरिका र चीन – केही महिना पहिलो अमेरिकाले दक्षिण चीन सागरमा चीनले बनाएको क्रितिम आईल्याण्ड नजिकै जहाज पठाएको थियो । – चीनको दाबी थियो कि उसले अमेरिकी जहाजलाई पछ्यायो र चेतावनी पनि दियो । यता, अमेरिकाले आफ्नो इच्छा जहाँ हुन्छ त्यहाँ जान पाउनुपर्छ भन्ने खुलेयाम भन्यो । – चीनले आफ्नो क्रितिम आइल्याण्डमा थुप्रै बिल्डिङहरु बनाएको पश्चिमा विश्वको दाबी छ । ती भवनहरुमा चीन ले सञ्चार, सैनिक पूर्वाधार, हेलिप्याड र अन्य प्लान्ट बनाएको पश्चिमाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण