आईएसको कब्जाबाट छुटेका महिलाले बनाए छुट्टै लडाकु दस्ता
मोसूल – आईएसआईएसको कब्जाबाट छुटेका थुप्रै महिलामध्ये ५ सय महिलाले यस आतंककारी संगठनलाई समाप्त गरिछाड्ने अठोट व्यक्त गरेका छन् । उनीहरुले यस्तो अठोट गर्दै फोर्स अफ द सन लेडीज नामक एक महिला बिग्रेड बनाएका छन् । उनीहरुले कुर्दिश लडाकूसँग मिलेर छिट्टै नै इराकी शहर मोसुललाई आईएसआईएसको कब्जाबाट छुटाउने दाबी गरेका छन् । सन् २०१४ मा यि महिलाहरु आईएसको कब्जाबाट भागेका थिए ।
कब्जामा छदाँको पिडा आतंककारीहरुले उनीहरुलाई यौन सामाग्रीका रुपमा प्रयोग गरेको महिलाहरुको भनाई छ । थुप्रै महिला यस क्रममा गर्भवती भएका थिए । सन् २०१४ मा आईएसआईएसले मोसूल शहर कब्जामा लिएको थियो । यसपछि इराकी सेनाले कुर्दिश लडाकूसँग मिलेर फेरि यस शहरलाई नियन्त्रणमा लियो । तर अहिले फेरि मोसूलसहित इराकका थुप्रै शहर आईएसको कब्जामा छन् ।
५ हजार अपहरणमा अगस्ट २०१४ मा आईएसआईएसले सिन्जार सूबेमा आक्रमण गरेर झन्डै ५ हजार यजीदियोलाई अपहरण गरेको थियो । यसमा पूरुषसँगै महिला तथा युवती र बालिकाहरु प्नि थिए । अपहरणपछि झन्डै २ हजारजना आतंककारीको कब्जाबाट भाग्न सफल भए । बचेँका थुप्रै युवतीहरुले आतंककारीले गर्ने निमर्म व्यवहारका विषयमा मुख खोलिसकेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार अहिले पनि इराकमा ३ हजार ५ सय भन्दा बढी व्यक्ति आईएसआईएसको कब्जामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण