संसद् बैठकमा कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने
बुधबार, २७ माघ २०७२, २० : २०
काठमाडौँ - व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
लामो समयपछि बस्न लागेको संसद् बैठकमा गत सोमबार राति निधन हुनुभएका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका स्वर्गीय कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुनेछ ।
कोइरालाले नेतृत्व गरेको सरकारले गत असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी गरेको थियो ।कोइराला २०७० मङ्सिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
काँग्रेसको आशन्न १३औँ महाधिवेशनका कारण प्रमुख राजनीतिक दलको सहमतिमा संसद्को बैठक सारिँदै आएको छ ।व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार भोलिको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने र त्यसका लागि सचिवालयले आवश्यक तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण