८२ करोड ठगी गर्नेलाई प्रहरीकै संरक्षण
काठमाडौं - राजस्व ठगी, किर्ते सहि, बैदेशिक मुद्रा अपचलन, लगायतका आरोप लागेका व्यवसायी अशोक मुरारकालाई प्रहरीले नै संरक्षण गरेको खुलेको छ । झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपि) ठाकुर ज्ञवालीले मुरारकालाई संरक्षण गरेको खुलेको हो । मुरारका विरुद्ध गएको असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा ‘किर्ते ठगी’को एउटा उजुरी परेको छ । सरकारले व्यवसायीक रुपमा महत्वपूर्ण व्यक्ति (सिआईपि) को सम्मान पाएका उद्योगी कृष्ण प्रसाद प्रसाईले दिएको उजुरीमाथि प्रहरीले छानविनमा आनाकानी गरिरहेको छ । एउटा साझेदार व्यापारीको हस्ताक्षर र सरकारी छाप किर्ते गरी लाखाँै रुपियाँ राजस्व ठगी गरेको उजुरी परेपनि प्रहरी प्रमुख ज्ञवालीले संरक्षण गरेकोले उनी पक्राउ पर्न नसकेको प्रहरी स्रोतले बताएको छ । मोरङ्ग प्रहरी स्रोतका अनुसार झापा प्रहरीमा मुरारका विरुद्ध सबै कागजात तयारी छ, तर प्रमुख ज्ञवालीले पक्राउका लागि कदम नचालेकोले पक्राउ गर्न नसकिएको हो । ‘कि त उनीहरुले आफै पक्राउ गर्ने आदेश दिनुप¥यो, कि पक्राउ गर्न हामीकहाँ सहकार्य हुनुप¥यो,’ मोरङ्गका एक प्रहरी अधिकारीले भने ‘उजुरी दर्ता भएपनि पक्राउ नगर्नु रहस्यको विषय हो ।’ ठगको प्रमाणसहित उजुरी दर्ता भई विभीन्न सञ्चारमाध्यममा समाचार आउँदा समेत पक्राउ नगर्नुको कारण ठूलो रकमको चलखेल भएको मोरङ्ग प्रहरीले पनि जानकारी पाइसकेको स्रोतले बतायो । ज्ञवाली र मुरारकाको भेटघाट झापा प्रहरी प्रमुख ज्ञवालीले उजुरी परेपछि मुरारकालाई पटक–पटक भेट्ने गरेको प्रहरी स्रोतले बतयो । ‘एफआईआर आएपछि एसपिसापले मुरारका सरलाई पनि पटक पटक भेट्नुभयो, यहाँबाट बुझ्दा मुरारका पक्षबाट पनि हामी पीडित हौँ भन्ने कुरा आएकोले हाकीमसापले बुझिरहनु भएको छ’ ति अधिकारीले भने । प्रहरी उपर ज्ञवालीले ठगलाई भेटेर पनि पक्राउ नगर्नु रहस्यको विषय भएको भन्दै झापाका प्रहरी अधिकारीहरले समेत आश्चर्य प्रकट गरे । ‘अनुसन्धान प्रकृयामा रहेको व्यक्तिलाई पक्राउ गरेर छानविन गर्नुको साटो बजारमा गोप्य स्थानमा भेटघाट गर्नु तर पक्डने आदेश नआउनु अचम्म छ’ एक प्रहरीले रातोपाटीसंग भने ।
यसअघि उजुरीको लामो समयसम्म पनि दर्ता नगरेको प्रहरीले रातोपाटीमा समाचार प्रकाशित भएपछि पुसमा मात्र मुद्दा दर्ता गरेको जानकारी दिएको थियो । रातोपाटी र अन्य विभीन्न सञ्चारमाध्यमले नियमित फलोअप गरेपछि पुसको मध्यतिर मात्रै प्रहरीले जाहेरी दर्ता गरी कार्वाही प्रकृया शुरु भएको बतायो । तर अहिलेसम्म मुरारकालाई पक्राउ गरेको छैन । यति लामो समयसम्म ‘ठगी अभियोग’ मा उजुरी दर्ता गरीएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्नुको साटो प्ररहीले उल्टै मुरारका संग बार्गेनिङ्ग गरिरहेको झापा र विराटनगरका राजनीतिक दलहरुले आरोप लगाएका छन् । ‘गल्ती गर्ने आरोप लागेका व्यक्तिको विरुद्ध उजुरी परेपछि त प्रहरी कार्यालयमा बोलाएर पो छानबिन गर्नुपर्ने’ झापाका एक राजनीनिक पार्टीका जिल्ला नेताले भने ‘गोप्य रुपमा भेट्न गरेपछि त अव न्याय पनि किन्नुपर्ने अवस्था आयो ।’ गृह र प्रहरी प्रधान कार्यालय पनि चुप नेपालमा विराटनगर उपमहानगरपालिका ९ स्थायी ठेगाना भएको र भारतमा समेत नागरीकता लिएका मुरारका विरुद्ध दिएको उजुरीको जानकारी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय सम्म पुगेको स्रोत बताउँछ । तर किर्ते हस्ताक्षर गरी ठगी, राजस्व ठगी, बैदेशिक मुद्रा अपचलन, लगायतका मुद्धा परेको व्यक्तिको विषयमा जानकारी पाउँदा पाउँदै पक्राउका लागि चासो नदेखाउनु गृह प्रशासनको समेत कमजोरी रहेको स्रोत बताउँछ । ‘गृहमन्त्रालय यस विषयमा राम्रैसंग जानकार छ’ गृहकै एक अधिकारीले भने ‘तर पक्राउका लागि मातहतको प्रहरीलाई भने केही भनेको छैन ।’ उता प्रहरी प्रधान कार्यालयमा पनि मुरारकाले गरेका सबै ठगीको विषयमा दिएका उजुरीको जानकारी भएपनि मातहतको प्रहरीलाई निर्देशन दिएको छैन । मुरारका विरुद्धको उजुरीमा श्रीमतिका नाममा भारतको कलकत्तामा रहेको क्यामेलिया ईण्टरनेशनलमा सम्पूर्ण उत्पादित चिया निर्यात गर्दा भन्सारमा प्रति केजि ८० रुपैयाँका दरले अण्डरविलिारमा प्रति केजि ८० रुपैयाँका दरले अण्डरविलिङ्ग गरी ६९ करोड ५५ लाख ३३ हजार ८ सय ८० रुपैयाँ अपचलन गरेको उल्लेख छ । राजस्व अनुसन्धानमा मुरारका विरुद्ध झापामा जग्गा विक्री गर्दा ६९ लाख राजश्व ठगेको अर्को उजुरी पनि परेको छ । अवनिश एग्रीगेटको नाममा साझेदारीमा रहेको १८ करोडको जग्गा सस्तो मोलमा बेचेको कागज गरेर ६९ लाख ३५ हजार रुपैयाँ राजस्व ठगेको उजुरी दर्ता भएको हो । ईलाम टिको शुरुदेखि हालसम्म उत्पादन भएको ८६ लाख ९४ हजार १ सय केजी चियाको प्रतिकेजि करीब ८० अण्डरविलिङ्ग गरी ६९ करोड ५५ लाख ३३ हजार ८ सय ८० रुपैयाँ अपचलन गरेका छन् । त्यस्तै पशुपति स्टोन क्रसरको बाट २०६० देखि २०६४ सम्मको नाफा ५ करोड नदेखाएर अपचलन गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण