यो सरकार पास कि फेल भन्ने दुई महिनाभित्र थाहा हुनेछ : प्रचण्ड
काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले सरकारको अगाडि रहेको प्रतिकुल स्थिति बिस्तारै हट्दै गएको उल्लेख गर्दै अब सरकार जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिन केन्द्रीत हुनपर्ने बताएका छन् । बिहिबार डिएनएनको गेस्ट रुममा आएका एमाओवादी अध्यक्षले अब दुई महिना सरकार पूर्णरुपमा जनताको सेवामा केन्द्रीत हुनुपर्ने बताए ।
प्रचण्डले भने, ‘यो सरकार एकातिर नाकाबन्दी, अर्कोतिर मधेस आन्दोलन र अर्कोतिर भर्खरै संविधान जारी भएको जटिल र चुनौतीपूर्ण अवस्थामा गठन भएको थियो । सरकारका अगाडि थुप्रै प्रतिकुलताहरु थिए । बल्ल नाका खुलेको छ, मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको छ, अब सरकारले आफ्नो सम्पूर्ण ध्यान जनताको सेवा र जनतालाई परिर्वतनको अनुभूति गराउनतिर लाग्नुपर्छ ।’
उनले अहिले नै सरकारको धेरै आलोचना अहिले गर्नु उचित हुन्छ नहुने बताए । ‘सरकारको काम प्रभावकारी भएन भनेर व्यापक जनगुनासो आएको छ । त्यही भएर अब सरकारको काम यसमा केन्द्रीत हुनुपर्छ भनेर मैले प्रधानमन्त्रीदेखि सबै मन्त्रीलाई मैले भनेको छु । अब दुई महिनापछि सरकारको सही मूल्यांकन हुनेछ ।’ त्यसपछि पनि जनताको नजरमा फेल भयो भने परिस्थिति बदलिन सक्ने प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण