घर जल्दा एघार लाखको क्षति
खोटाङ– भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा खोटाङमा एघार लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ ।
गएराति साढे ११ बजेतिर सल्किएको आगोले दिक्तेल नगरपालिका–११ लफ्याङका तुलाराम विश्वकर्माको घर तथा घरमा भएका सामान जलेर नष्ट भएको हो ।
बेलुकाको खाना पकाएर छाडिएको आगो घर पछाडिपट्टिबाट सल्कँदै गएर पूरै घर जलेको स्थानीयवासी झुलेन्द्र विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार राति सल्किएको आगो स्थानीयवासीको सहयोगमा बिहान २ बजेतिर नियन्त्रणमा लिइएको हो ।
आगोले तीनतले घर र घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रातको समयमा आगलागी भएकाले घरभित्र रहेका कुनै पनि सामान निकाल्न नसकिएको पीडित परिवारले बताएको छ । घर तथा घरमा भएका सबै सामान जलेपछि सातजनाको विश्वकर्मा परिवार बिचल्लीमा परेका छन् । आगलागी पीडित विश्वकर्मा परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसेका छन् ।
नगरपालिकामा रहेको दमकल घटनास्थल पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीको अनुमान छ । साँघुरो सडक तथा सबै ठाउँमा सडक निर्माण गर्न बाँकी रहेकाले नगरभित्रै हुने आगलागीका घटनामा दमकल प्रयोग गर्न सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण