आयोडिन नुनको खपत बढ्यो
बिहीबार, २८ माघ २०७२, १३ : ५०
कञ्चनपुर– पाँच वर्षयता दुई बालबालिकाको चिह्नयुक्त आयोडिन नुनको खपत यहाँ वढिरहेको छ ।
करिव ४०० क्विन्टल नुन खपत हुँदै आएकामा बढेर नुनको खपत २७ हजार क्विन्टल पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख नगेन्द्र थापाले जानकारी दिए । “चार–पाँच वर्षअघि जिल्लाभरि चार÷पाँच सय क्विन्टल मात्रै नुन खपत हुन्थ्यो अहिले बढेर वार्षिक रुपमा २७ हजार क्विन्टल पुगेको छ ।” उनले भने । प्रमुख थापाले हालसम्म जिल्लामा बसोबास गर्ने ८७ प्रतिशत बढी बासिन्दाको आयोडिन नुनमा पहुँच पुगेको जानकारी दिए । यसैवीच, कार्यालयले आयोडिनयुक्त नुनसम्बन्धी सचेतनामूलक कार्यक्रम सदरमुकाम बाहिरका ग्रामीण बस्ती र विद्यालयमा सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण