साउदीमा मृत्यु भएका सुनिल नेपालीको परिवारलाई आर्थिक सहयोग
बिहीबार, २८ माघ २०७२, १३ : ५४
साउदी अरब–हृदयघातका कारण तीन महिनाअघि साउदीमा मृत्यु भएका पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको परिवारलाई यहाँ रहेका नेपालीले करिब चार लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
सङ्कलित रकम सुनिलकी आमा मैताकुमारी नेपालीको नाममा दुई लाख ३७१ र उनकी श्रीमती यममाया नेपालीको नाममा दुई लाख ३७१ रुपैयाँ गरी दुबै जनालाई बराबर रकम विप्रेषणमार्फत नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत भोजकुमार कार्कीले जानकारी दिए ।
नेपालीको परिवारको आर्थिक अवस्था नाजुक रहेको र आम्दानीको स्रोतसमेत केही नभएका कारण परिवारको लालनपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरी पठाइएको उनले बताए । साउदी आएको दुई महिना नबित्दै गत कात्तिकमा सुतेकै अवस्थामा सुनिल नेपालीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण