सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव सर्वसम्मतिबाट पारित
काठमाडौँ– व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख ओनसरी घर्तीले प्रस्तुत गरेको शोक प्रस्तावलाई संसद्को आजको बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो । सभापति कोइरालाको २०७२ साल माघ २६ गते बिहान १२ः५० बजे ७७ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भएको थियो ।
शोक प्रस्तावमा नेपालको संविधान निर्माण गर्ने अभियान र संविधान संशोधन गर्ने प्रक्रियामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सादा जीवन र स्वच्छ छविका सांसद सुशील कोइरालाको असमायिक दुःखद निधन भएकामा बैठक गहिरो शोक प्रकट गर्दछ भनिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘२०४८ र २०५६ सालको प्रतिनिधिसभा सदस्य, २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट निर्वाचित सदस्य व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री कोइरालाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’
बैठकले एक मिनेट मौन धारण गरेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको नेतृत्वको सरकारको कार्यकालमा संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी फागुन ४ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण