मल्टिप्लेक्सका टिकट मु.अ कर नियमावली विपरित
काठमाडौं – पछिल्लो समय नेपालमा मल्टिप्लेक्समा चलचित्र हेर्ने चलन बढेको छ । चलचित्रहरुले पनि अन्य हलमाभन्दा मल्टिप्लेक्स हलमै कमाइ राम्रो गर्ने गर्छन् । आरामदायी बसाई र अन्य थुप्रै सुविधाका कारण मल्टिप्लेक्समा दर्शकको आकर्षण बढ्दो छ । नेपालमा रहेका सिमित मल्टिप्लेक्स सिनमाहलहरुले कमाइ पनि राम्रो गरिरहेका छन् । तर तिनै मल्टिप्लेक्सहरुमध्येको एक सिनेमार्क प्रालिको भने दर्शकलाइ बेच्ने टिकट नियम विपरित पाइएको छ । यहि माघ २६ गते बेलुकी ५ः३० बजेको शोमा नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद’ हेर्न गएका एक दर्शकलेलाइ हलले दिएको बिजक मूल्य अभिवृद्धि करनियमावली २०५३ को नियमविपरित पाइएको छ ।
यसकारण नियम विपरित छ सिनेमार्कको बिजक
मूल्य अभिवृद्धि करनियमावली २०५३ को नियम १८ अनुसार संक्षिप्त कर बिजक जारी गर्ने व्यक्तिले मूल्य अभिवृद्धि करको रकम समेत समावेस गरी बिजक जारी गर्नुपर्ने व्यवस्था रहेको छ । तर यस बिजकमा मूल्य अभिवृद्धि करको रकम छुट्टै देखाएर संक्षिप्त कर बिजक जारी गरिएको छ । यसरी छुट्टै कर रकम देखाई जारी गरिएको बिजक संक्षिप्त कर बिजक नभई ‘कर बिजक’ हो । तर बिजकको माथि यो बिजकलाई ’संक्षिप्त कर बिजक’ भनिएको छ । रातोपाटीसँग कुराकानी गर्दै करविज्ञ मुकुन्ददेव अधिकारी भन्छन्, ‘मूल्य अभिवृद्धि कर नियमावली २०५३ अनुसार ५००० भन्दा कम मुल्यका संक्षिप्त कर विजक जारी गर्दा करको रकम समेत समावेश गर्नुपर्छ ।’
बिजकमा बिजक जारी गरेको मिति नै छैन
मूल्य अभिवृद्धि कर ऐनले बिजकको नमुना पनि नमुना तोकेको छ । तर सिनेमार्क प्रालिले दर्शकलाई दिएको बिजक ऐनले तोकेभन्दा विपरित छ । नियम अनुसार बिजकमा बिजक जारी गरिएको मिति उल्लेख गर्नु पर्दछ । तर उक्त बिजकमा जारी गरिएको मिति उल्लेख गरिएको छैन । उक्त बिजकमा प्रदर्शन मिति मात्र राखिएको छ । यसो हुँदा कसैले माघ महिनामा, फाल्गुनको बिल किन्यो भने देशले १ महिना ढिलो मात्र राजस्व पाउने खतरा हुन्छ । नियम अनुसार कर विजकको नमुना यस्तो हुनुपर्छ :
यसबारे सिनेमार्क प्रालिमा कर विजक जारी गर्ने कर्मचारीलाई रातोपाटीले प्रश्न गर्दा यसबारे आफूलाई थाहा नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण