जियोनिको एम फाइभ लाइट फोन किन्दा चाँदीको सिक्का उपहार
बिहीबार, २८ माघ २०७२, १४ : २५
काठमाडौं –जियोनिले म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन, एम फाइभ लाइट नेपालमा ल्याएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५“ को एच डि स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ ।
फोनको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ४००० एम ए एच को ब्याट्री हो, जुन साधारण फोन ब्याट्री भन्दा दुई गुना बढी क्षमताको छ । यो फोनको अर्को आकर्षक पक्ष चाँहि यसको ३ जि बि ¥याम र ३२ जी बि रोम (कार्डबाट १२८ जी बि थप्न सकिने) जुन केवल रु. १९,९९९ को आकर्षक मूल्यमा उपलब्ध छ । फोनमा जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ छ जुन एन्ड्रोइड ५.१ मा आधारित छ । एम फाइभ लाइटले एकै समयमा रिभर्स ओ टि जी प्रविधि मार्फत दुई अन्य फोन चार्ज गर्न सक्दछ । एम फाइभ लाइट “श्याम्पेन गोल्डेन“ रंगमा
उपलब्ध छ ।
साथै जियोनिले एम फाइभ लाइटमा सिल्भर कोइन अफर पनि सञ्चालन गरिरहेको छ जसअन्तर्गत ग्राहकहरुले माघ २८ गते देखि फागुन ५ गतेसम्म एम फाइभ लाइट फोनको खरिदमा एउटा आकर्षक चाँदीको सिक्का निःशुल्क प्राप्त गर्नसक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण