शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

शिवसेनाको धम्कीपछि पाकिस्तानले टी–२० विश्वकप त्याग्नसक्ने खतरा

बिहीबार, २८ माघ २०७२, १४ : ४३
बिहीबार, २८ माघ २०७२
 

कराची – पाकिस्तानी टोलीले टी–२० विश्वकप क्रिकेटमा भाग लिने वा नलिने भन्ने विषय अन्यौलमा देखिएपछि भारतीय क्रिकेट बोर्डले पाकिस्तानी टोलीलाई पूर्ण सुरक्षा दिने भरोसा दिलाएको छ । यसअघि पाकिस्तानी सरकारले सुरक्षा सम्बन्धि समस्या देखिएको बताएपछि पाकिस्तानी टोलीको टी–२० विश्वकप सहभागिता अन्यौलमा देखिएको थियो ।

यस विषयमा पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) भन्छ  आईसीसीको दुबईमा भएको मिटिङका दौरान भारतीय भूमिमा पाकिस्तानी टोलीको सुरक्षा स्थितीको प्रश्न उठेको थियो । पीसीबीका प्रमुख शहरयारले उनको टोलीले विश्वकप खेल्ने वा नखेल्ने भन्ने विषयमा पाकिस्तान सरकारले निर्णय गर्ने बताएका थिए । सरकारबाट सुरक्षाको ग्यारेन्टी मिलेपछि मात्रै पाकिस्तानले भारतमा टी–२० खेल्ने उनले बताएका थिए । यस बैठकका दौरान आईसीसीका एक सदस्यले पाकिस्तानले खेल्ने खेलहरु दुबई, शारजाह वा कोलम्बोमा आयोजना गर्नुपर्ने प्रस्ताव राखेका थिए । सोमबार फेरि पीसीबीका प्रमुख शहरयारलाई उद्धृत गर्दैै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन्–‘हामीलई आशा छ कि आईसीसीले पाकिस्तानका खेलहरु न्यूट्रल भेन्यूमा गराउनेछ । शिवसेनाले पाकिस्तानको टोलीलाई दिएको धम्कीलाई शहरयारले सुरक्षाको कारण देखाएका छन् । यता, बीसीसीआईका महासचिव अनुराग ठाकूरले बुधबार विश्वकपमा सहभागि हुने सबै टोलीलाई पूर्ण सुरक्षा दिइने बताएका छन् ।

सुरक्षा क्लियरेन्स मिलेन भने के हुन्छ ? नवाज शरीफ सरकारले सुरक्षाको क्लियरेन्स दिएन भने पाकिस्तानी टोली विश्वकप खेल्न भारत आउने छैन् । पीसीबीले यस विषयमा सरकारलाई निर्णय लिन आग्रह गरेको छ । यस्तो भएमा आईसीसीको वरियतामा रहेको अर्को राष्ट्रलाई विश्वकप खेल्न दिइनेछ । टी–२० विश्वकप ८ मार्चबाट सुरु हुदैँछ ।

के भन्यो भारतीय क्रिकेट बोर्डले बीसीसीआईका महासचिव अनुराग ठाकुरले भारतले विश्वकप खेल्ने सबै टिमलाई पूर्ण सुरक्षा दिने बताएका छन् । उनका अनुसार विश्वकपमा छनोट भएका सबै देशले विश्वकप खेल्न जरुरी छ ।

किन विश्वकप छाड्न सक्छ पाकिस्तानले ? सुरक्षाका कारण पाकिस्तानको टोली अन्यौलमा छ । आईसीसीको नियमअनुसार सोमबारसम्म विश्वकप खेल्ने सबै देशले आफ्नो राष्ट्रिय टोलीको घोषणा गर्नुपर्ने थियो । तर पाकिस्तानले अझै राष्ट्रिय टोलीको घोषणा गरेको छैन् । पाकिस्तानका लागि आईसीसीले थप दुई दिनको समय दिएको छ । विश्वकपको सेमिफाइनलका खेलहरु मुम्बई र दिल्लीमा हुदैँछ । फाइनल खेल कोलकत्तामा हुने कार्यक्रम छ । टी २० कप भारतका ७ शहरमा हुनेछन् । त्यसमध्ये पाकिस्तानले कोलकत्ता, धर्मशाला र मोहालीमा लिग म्याच खेल्नुपर्नेछ । यि क्षेत्र शिवसेनाको पकड रहेका क्षेत्र हुन् । शिव सेनाको निरन्तर धम्की गत अक्टूबरमा पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष शहरयार खान बीसीसीआईको निमन्त्रणमा भारत आएका थिए । त्यतिबेला शशांक मनोहर र शहरयारबीच बैठक हुने कार्यक्रम थियो । बैठक हुनभन्दा पहिला १ सयभन्दा बढी शिवसेनाका लडाकूले बीसीसीआईको कार्यालय अगाडी प्रदर्शन गरे र शहरयारलाई पाकिस्तान फर्कन चेतावनी दिए । प्रदर्शनकारीले बीसीसीआईका अध्यक्ष शशांक मनोहरलाई पाकिस्तानसँग क्रिकेट खेल्ने निर्णय नलिन धम्की दिएका थिए । शिवसेनाको कतृत यतिमै सिमित रहेन । पाकिस्तानी अम्पायर अलीम डारलाई उनीहरुले भारत छोड्न धम्की दिए । २५ अक्टोबरमा मुम्बईमा दक्षिण अफ्रिका र भारतबीचको पाँच एकदिवसीय खेलमा डारले अम्पायरिङ गर्ने कार्यक्रम थियो । त्यसअघि नै पाकिस्तानी गजल गायक गुलाम अलीको शोका दौरान शिवसेनाले विरोध गरेको थियो । त्यसपछि मुम्बई र पुणेमा गुलाम अलीको शो स्थगित भयो । पाकिस्तानका पूर्व विदेश मन्त्री शाह मेहमूद कसूरीले आफ्नो पुस्तक मुम्बईबाट विमोचन गर्दा शिवसेनाले त्यसको विरोध ग¥यो । यस कार्यक्रमका आयोजक सुधीन्द्र कुलकर्णीको अनुहारमा शिवसेनाले कालोमोसो दलेको थियो । कडा सुरक्षा व्यवस्थापछि मात्रै कसूरीले यस पुस्तक विमोचन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप