शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गुटबाजीको आरोपमा किमले दिए आफ्ना सेना प्रमुखलाई फाँसी

बिहीबार, २८ माघ २०७२, १५ : ०७
बिहीबार, २८ माघ २०७२

प्योङयोङ – उत्तर कोरियाका तानाशाह किम जोङले आफ्ना सेनाप्रमुख जनरल री योङ गिललाई फाँसी दिएका छन् । गिलमाथि भ्रस्टाचार तथा गुटबाजीको आरोप थियो । यसअघि नै किम जोङले रक्षामन्त्री सहित आफ्ना थुप्रै शक्तीशाली सहयोगीहरुलाई फाँसीमा चढाएका थिए । कस्ता थिए योङ दक्षिण कोरियाको समाचार एजेन्सी योनहापको दाबी अनुसार री योङमाथि भ्रस्टाचार तथा षड्यन्त्र रचेको आरोप थियो । उनलाई पक्राउपछि फासी दिइयो । योनहापको दाबी अनुसार उनलाई यसै महिना फाँसीमा चढाइएको हो । दक्षिण कोरियाको गुप्तचर एजेन्सीले यस घटनामा प्रतिक्रिया दिएको छैन् । एजेन्सीले यो घटनाको पुष्टि गर्न गाह्रो हुने बताएको छ । सैनिक प्रमूख जोङ सन् २००२ मा लेफ्निेन्ट जनरल बनेका थिए । उनी सन् २००७ देखी २०१३ सम्म मोर्चामा सक्रिय थिए । उनलाई २०१० पछि कर्नेल जनरलका रुपमा बढुवा मिलेको थियो । उनी कोरियाली वकर्श पार्टीका सदस्य समेत थिए । उनी प्राय किम जोङका साथ नै देखिन्थ्ये । तर पछिल्ला दुई महत्वपूर्ण पार्टी बैठक तथा आईतबार भएको रकेट लन्च कार्यक्रमपछि सरकारी मिडियाले सम्प्रेषण गरेको समाचारमा उनको नाम थिएन । उत्तर कोरियाले आइतबार लामो दूरीको मिसाइल परिक्षण गरिएको बताइएको छ । यसअघि एक महिना पहिला उत्तरले आफ्नो चौथो न्यूक्लियर परिक्षण गरेको थियो । हाइड्रोजन बम बनाउनका लागि यो परिक्षण गरिएको पश्चिमा विश्वको दाबी छ । यस परिक्षणमा सेनाप्रमूख जोङको महत्वपूर्ण भूमिका थियो । कतिसम्म पागल छन् जोङ किम जोङ उन अहिले उत्तर कोरियाका सर्वोच्च नेता हुन् । उनका पिता किम जोङलाई प्लेनमा उड्न डर लाग्थ्यो । तर छोरा उन जेटमा सवारी गर्छन् र उनलाई जेट उडाउँन मनपर्छ । आफ्नो जेट उडाउने सौख पुरा गर्न उनले उत्तरकोरियाको राजधानी प्योङयाङमा रनवे बनाएका छन् । स्याटेलाईटमार्फत पश्चिमा विश्वले के पत्ता लगाएको छ भने उत्तर कोरियामा रहेका उनका सबै दरबारमा जेट उड्न र ल्यान्ड गर्नसक्ने रनवे तयार छ । उनले गत वर्षको अप्रिल ३० मा सयौ मानिसको उपस्थितीमा आफ्नै रक्षामन्त्री ह्यान योङ चोललाई गोली हानेर मारेका थिए । गिरफ्तारीको तीन दिनपछि रक्षामन्त्री योङ चोललाई मृत्युदण्ड दिइएको थियो । किम जोङ उन उपस्थित रहेको एक कार्यक्रममा योङ सुतेका थिए । त्यसैको बदलास्वरुप उनलाई गोली हानेर मृत्युदण्ड दिइयो । मेइमा उत्तर कोरियाका भाईस प्रिमियर चोई योङ गोनले तानाशाह किम उनको विरोध गरेका थिए । समाज स्वरुप उनलाई पनि मृत्युदण्ड दिइयो । तीन वर्षअघि किम उन आफ्नै फूपूका श्रीमान्लाई समेत मार्न पछि परेनन् । जेङ सोङ थाएकमाथि उनले देशद्रोह तथा भ्रस्टाचारको आरोप लगाएका थिए । ६७ वर्षका थाएकलाई १ सय २० वटा भोका कुकुररहेको पिन्जडामा हालिएको थियो । थाएक अरु कोही नभएर किमका बाबुकी बहिनीका श्रीमान् थिए । उनी उत्तर कोरियामा माथिल्लो सरकारी निकायमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप