लखन थापालाई विभूति घोषणा गर्न माग
शनिबार, ०१ फागुन २०७२, ०९ : २१
कञ्चनपुर - नेपाल मगर सङ्घ कञ्चनपुरले सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । सङ्घका केन्द्रीय सदस्य पूर्णसिंह थापाले सहिद थापालाई राष्ट्रिय विभूतिसँगै सरकारी कार्यालयमा तस्बिर राखिनुपर्ने, फागुन २ गतेदेखि सहिद सप्ताह सुरु गरिनुपर्ने र त्यस दिन सार्वजनिक बिदा दिइनुपर्नेलगायतका माग अघि सारिएको बताए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत शुक्रबार सङ्घका जिल्ला अध्यक्ष सीता थापामगरसहितको टोलीले पाँच बँुदे ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको केन्द्रीय सदस्य थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण