सेनाद्वारा राहत वितरण
शनिबार, ०१ फागुन २०७२, ०९ : ४३
जुम्ला - जुम्लास्थित भगवती दल गणमा कार्यरत सेनाद्वारा पातारासी जुम्लाका ११५ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
सैनिक श्रीमती सङ्घको सहयोगमा आएको सो राहत सामग्रीमा सिलिपिङ ब्याग, कम्बल, सिरक अन्य लत्ताकपडासहित १५ केजीका दरले दाल चामललगायतका सामग्री रहेको सो गणका गणपति सुशीलकुमार थापाले जानकारी दिए ।
नं २४ बाहिनी अड्डाका बाहिनीपति नरेशचन्द्र भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरि गौतम, प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले राहत प्रदान गरेका थिए ।
साथै सेनाले पातारासी गाविसको स्वास्थ्य चौकीलाई प्राथमिक उपचारको समान तथा औषधि पनि प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण