जनयुद्ध दिवसमा डा. भट्टराईको शुभकामना सन्देश
काठमाडौं – एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका डा। बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन् । जनयुद्धकै जगमा सम्पन्न जनआन्दोलन र मधेस/थरुहट/जनजाति आन्दोलनको योगफल स्वरुप आज देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी/समानुपातिक लोकतन्त्र प्राप्त भएको बताउँदै उनले सम्पूर्ण वीर शहीद, वेपत्ता योद्धाहरू र घाइतेरअपांगहरू तथा उनीहरूका परिवारजनमा विशेष सम्मान प्रकट गरेका छन् । उनले जनयुद्धबाट प्राप्त उपलब्धिको जगमा उभिएर अब समृद्ध र शान्त नयाँ नेपाल निर्माण गर्नु पर्ने बताएका छन् । ‘ नयाँ शक्ति, नेपाल त्यही लक्ष्यमा समर्पित छ,’ उनले भनेका छन् ।
डा. भट्टराईको शुभकामना सन्देश:
ऐतिहासिक जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सम्पूर्ण वीर शहीद, वेपत्ता योद्धाहरू र घाइते/अपांगहरूमा हार्दिक सम्मान तथा अभिवादन! वहाँहरूका परिवारजनमा विशेष सम्मान तथा अभिवादन!!त्यो वलिदानीपूर्ण माओवादी जनयुद्धकै जगमा सम्पन्न जनआन्दोलन र मधेस/थरुहट/जनजाति आन्दोलनको योगफल स्वरुप आज देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी/समानुपातिक लोकतन्त्र प्राप्त भएकोछ। त्यसको जगमा उभिएर अब हामीले समृद्ध र शान्त नयाँ नेपाल निर्माण गर्नु छ!
नयाँ शक्ति, नेपाल त्यही लक्ष्यमा समर्पित छ! त्यसैले इतिहासका सबै सकारात्मक कडीहरुलाई जोड्दै र कसैप्रति कुनै पूर्वाग्रह नराखी नयाँ सोंच र नयाँ राष्ट्रिय एकताभावका साथ अघि बढ्न सम्पूर्ण राजनीतिक शक्तिहरु र आम जनसमुदायमा हार्दिक आग्रह गर्दछु!खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण