अनेरास्ववियुको युनियनको नयाँ नेतृत्व चयनका लागि सात सदस्यीय समिति गठन
शनिबार, ०१ फागुन २०७२, १० : १३
काठमाडौं - नेकपा (एमाले) ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि सातसदस्यीय समिति गठन गरेको छ । पार्टीका सचिव गोकर्ण विष्टको अध्यक्षता गठित सो समितिमा रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, श्रीप्रसाद साह र किशोरविक्रम मल्ल सदस्य रहेको युनियनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । युनियनको जारी २२ औं अधिवेशन अन्तर्गत भोली आइतवार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । सो समितिले निर्वाचन कमिटिलाई सहयोग गर्ने वताइएको छ । अध्यक्ष पदको प्रतिष्पर्धामा युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारीको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण