मासिक भत्ता बढाउन पहल गर्न प्रचण्डसँग राउटेहरुको आग्रह
काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले राउटेहरुको मासिक भत्ता बढाउन अध्यक्ष प्रचण्डले सरकारसँग पहल गर्ने बताएका छन् । अछामबाट आएको राउटेहरुको प्रतिनिधि मण्डलसँगको आज बिहान कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । प्रचण्ड प्रधानमन्त्री भएको समयमा राउटेहरुलाई सरकारले मासिक १ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको थियो । राउटेहरुले ५ हजार रुपैयाँ मासिक भत्ता पु¥याईदिन प्रचण्डसमक्ष आग्रह गरेका थिए । उनीहरुले तत्कालका लागि आफ्नो समुदायको कूल पुजा भएकोले केही खर्चको व्यवस्था गरिदिन, दीर्घकालिन रुपमा समुदायको स्वास्थ्य, सुरक्षा र खाध्यान्नको व्यवस्था लगायतका मागहरुका बारेमा पनि सरकारसँग पहल गरिदिन अध्यक्ष प्रचण्ड समक्ष अनुरोध गरेका थिए ।
सो अवसरमा प्रचण्डले खसी सहयोग लिने भन्दा खसी नै पाल्ने, बालबच्चाहरुलाई विद्यालय पठाउने, मासिक भत्ताको व्यवस्था गर्ने, सुरक्षा दिने, स्वास्थ्य सेवाका लागि घुम्ती स्वास्थ्य टोलीको व्यवस्था गर्ने लगायतका सुधार आवश्यक रहेकोले सो विषयमा सरकारमा पहल गर्ने बताए । उक्त भेटघाटमा पार्टीका सचिव तथा उर्जा मन्त्री टोपबहादुर रायामाझीले राउटे समुदायलाई शिक्षा स्वास्थ्यको व्यवस्था गरी आधुनिक बसाई तिर लैजानु पर्ने धारणा राखे । पार्टी स्थायी समिति सदस्य तथा वनमन्त्री अग्निप्रसाद सापकोटाले राउटेहरुले वन मन्त्रालयबाट बन रक्षकका लागि पाउँदै आएको रोकिएको तलब सुचारु गर्ने बताए । मेचीकाली हिमालतराई अभियानका अभियन्ता कृष्ण केसीले राउटेहरुलाई संविधानमा सम्बोधन गरी उनीहरुको बेग्लै संरक्षण गर्ने निकाय बनाउनु पर्ने बताए । सो अभियानका अर्का अभियन्ता नवल खड्काले एमाओवादी सरकारका पालादेखि पाएको भत्ता बढाउन पनि एमाओवादीले नै पहल गर्नुपर्ने बताएका थिए । राउटेहरुले यहि फागुन १ गतेबाट फागुन १५ गतेसम्म आफ्नो कूलपुजा गर्ने गर्दछन् । सूर्यनारायण शाही, जीत बहादुर शाही र वीरबहादुर शाहीको टोलीले अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो । भेटघाट कार्यक्रममा राउटेकी भान्जी सत्यदेवी खड्का अधिकारीले राउटेले भोगेका समस्याहरु र उनीमा आएको सुधार बारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण