डब्लुबिएमसीद्वारा दनुवार वस्तीका भूकम्प पिडितलाई राहत वितरण
शनिबार, ०१ फागुन २०७२, १० : ३६
वाशिंगटन डिसी - वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाको पहलमा अमेरिका भरि रहेका विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगले काभ्रे जिल्ला को पिपलटार गाउ स्थित दनुवार वस्ती का ६० घर धुरीलाई शुक्रबार भूकम्प पिडितलाई राहत वितरण गरेको छ l
उक्त राहत बितरण कार्यक्रम वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि कि कार्यकारी प्रमुख अधिकृत शारदा पौडेल रेग्मीको साथै नेपाली प्रख्यात गायिका कोमल ओली तथा अर्की गायिका ऋतु कंडेलको उपस्थितिमा वितरण गरिएको थियो l यसै गरि राहत वितरण कार्यक्रममा एसबिएससीका सन्तोष पौडेल तथा सरोज ढुंगानाहरुको पनि बिशेष भूमिका रहेको थियो l
बस्तिसम्म पुग्न र बाताबरण मिलाउने बिकु लामा र सम्पूर्ण स्थानीयहरु गाउले प्रति अमेरिकाबासी सहयोगीहरुले धन्यबाद दिएका छन् l
उक्त राहत सामग्रीको सहयोग गर्नु हुनेहरुमा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक बुद्धि प्रसाद रेग्मी ,न्युयोर्क ,टेक गुरुङ ( न्यु योर्क) ,सुबोध पन्त ( बाल्टिमोर),राजेन्द्र थापा ( बाल्टिमोर) ,बिजय श्रेष्ठ ( बाल्टिमोर) ,टेक राज पौडेल र साथीहरु ( शिकागो),बिजया गिरि ( मिल्वाकी ),राजु श्रेष्ठ ( न्यु योर्क),सुमन बुढा ( न्यु योर्क),महेश रेग्मी ( अस्टिन ),सी. के. पराजुली ( जर्जिया ),देव गौतम ( पिट्स बर्ग ),कृष्ण ढकाल ( कोलम्बस ) तथा देव राज कंडेल ( नेब्रास्का ) रहेका छन् l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण