जनयुद्ध दिवसमा विप्लव माओवादीको सन्देश : ‘सबै क्रान्तिकारी शक्ति एकताबद्ध बनौं’
काठमाडौं – नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले २१औं जनयुद्ध दिवसका दिन शुभकामना सन्देश जारी गर्दै सबै क्रान्तिकारी शक्तिहरु एकताबद्ध बन्न आह्वान गरेको छ । शनिबार जारी विज्ञप्तिमा जनतामाथि लादिएको प्रतिक्रियावादी संसदीय व्यवस्था र देशमाथि थोपरिएको भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध सवै देशभक्त, वामपन्थी, राष्ट्रवादी, क्रान्तिकारीहरु एकजुट हुनु आवश्यकता रहेको उल्लेख गरिएको छ ।
जनयुद्ध दिवसको वक्तव्यफाल्गुन १ महान् जनयुद्ध दिवस हो । हामी आज २१ औं जनयुद्ध दिवस मनाइरहेका छौं । यो मुक्तिकामी, न्यायप्रेमी जनताको गौरवपूर्ण दिवस हो । विहानीको लालिमा र उज्यालोसँगै उत्साह, उमङ्ग, आशा र गौंरवका साथ जनयुद्ध दिवसमा सहभागि बनौं र भव्यताका साथ सम्पन्न गरौंं । महान् जनयुद्ध दिवसले हाम्रा हजारौं सहिदहरु, वेपत्ता योद्धाहरु, घाइते योद्धाहरुको कहिल्यै नमेटिने वलिदान र योगदानहरुलाई ताजा स्मरण गराई रहेको छ । जनयुद्ध दिवसको अवसरमा उहाँहरुलाई विशेष स्मरण र सम्मान गरौं । महान् सहिद परिवार, वेपत्ता योद्धा परिवारहरुप्रति सम्मान र संमवेदना प्रकट गरौं । महान् जनयुद्धको उच्च लक्ष्य बाँकी भइरहेको सन्दर्भमा सहिद, वेपत्ता योद्धाहरुका सपनाहरु सम्झिदँै जनतालाई मुक्ति र राष्ट्रलाई स्वाधिन वनाउन जनताको सत्ता स्थापनार्थ क्रान्ति पुरा गर्ने दृढ संकल्प गरौं । हो । जनतालाई अधिकार सम्पन्न र स्वाभिमानी वनाउन तथा देशलाई स्वाधिन र समृद्ध वनाउन सबै शक्तिहरु एकताबद्ध बनौं । इतिहासले सुम्पिएको जिम्मेवारी पुरा गरौं । धन्यवाद ।
....... विप्लव महासचिव १ फागुन ०७२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण