बालुवाटार बैठकपछि सुरु भयो अनेरास्ववियुको मतदान
काठमाडौ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौ प्रज्ञा भवनमा जारी २२ औ राष्ट्रिय महाधिवेशनमा मतदान प्रक्रिया सुरु भएको छ । निर्वाचन कमिटीले १७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाएको हो । विद्यार्थीका विभिन्न समूहका विवाद टुङ्गो सहमतिमा लगाएपछि मतदान सुरु गरिएको र मतदान आज रातिसम्म चल्नेछ । मतदानका लागि १८ वटा मतदान केन्द्र बनाइएको छ । एक पटकमा १२० जनाले मतदान गर्नसक्ने व्यवस्था गरिएको छ । उक्त प्रक्रियामा देशभरबाट आएका एक हजार ५९७ मतदाताले मतदान गर्ने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । मतदानको गणनाका लागि अध्यक्ष मण्डलले मतदान प्रक्रिया सम्पन्न भएपछि विद्यार्थीबीच समझदारी कायम गरी आवश्यक नियम बनाउने र गणना गर्नेछ । बिहीबारदेखि जारी सम्मेलन समयमा सम्पन्न हुन नसकेका कारण आजसम्म लम्बिएको हो । तीनदिनमा रु ५० लाखको लागतमा सम्पन्न गर्ने योजना रहेको सम्मेलन प्रतिदिन रु २० लाखका दरले खर्च थपिएको बताइएको छ । वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाको समूहका बीच सङ्गठनको अध्यक्षमा प्रतिष्प्रर्धा छ ।
मतदान प्रक्रियाको सुरुवात नै नभई झडप भएपछि बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको उच्च तहका नेता र अनेरास्ववियुका पूर्व नेताहरुको बैठक समेत बसेको थियो । सो बैठकपछि निर्वाचन प्रक्रिया सुरु भएको हो ।
यता झडपको स्थिती देखा परेपछि कार्यक्रम स्थलवरपर सुरक्षा व्यवस्था समेत अत्यन्त कडा पारिएको छ । यसअघि काठमाडौ क्याम्पस जिल्ला कमिटी, केहि अन्य जिल्ला, अञ्चल लगायतका कमिटीहरुको १ सय ५० भन्दा धेरै प्रतिनिधि विवादको कारणले महाधिवेशनमा निर्वाचन प्रक्रिया ढिला भएको थियो । केन्द्रिय कमिटिले जारी गरेको सकुर्लर अनुसार कतिपय कमिटीले माइन्युटको फोटोकपी सहित प्रनितिधी चयन गरेको जानकारी गराएपनि विवाद थियो ।
२ दिनेको महाधिवेशन भनेर राजधानी आएका कतियप जिल्लाका प्रतिनिधिले भने एक सातामा पनि महाधिवेशन नसकिएने भएपछि समस्यामा परेको बताएका छन् ।
माघ २७ गते उद्घाटन गर्ने तयारी गरिएको भएपनि पूर्व प्रधानमन्त्री एवम नेपाली काग्रेसका सभापति शुसिल कोइरालाको निधनले २८ गते मात्र महाधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नबिना लामालाई र एमालेका अर्का नेता पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दिपक गौतम समुहलाई सर्मथन गरेका छन् । चार महिना अगाडी सम्पन्न अनेरास्ववियुको विधान सम्मेलनले १ सय ४१ केन्द्रिय सदस्य, १ सय ४१ रापस, ४५ जना आयोगका सदस्य बनाउने गरी विधान पारीत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण