बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्धन बोकेको निगमको ट्यांकर भारतमा लुटियो

बिहीबार, ०६ फागुन २०७२, १० : ०२
बिहीबार, ०६ फागुन २०७२

वीरगञ्ज – भारतको बरौनी बाट इन्धन भरेर नेपाल फर्कदै गरेको नेपाल आयल निगमको ट्यांकर भारतमा लुटिएको छ । बिहिबार भारतको रामगढुवा नजिकै सो  ट्यांकर लुटिएको नेपाल आयलका निगम क्षत्रीय प्रवन्धक भानुभक्त खनालले पुष्टि गरे ।

उनले लुटेराहरुबाट ट्यांकरका सहचालक उम्किन सफल भएपनि चालकसहितका ४ जना अझैं सम्पर्कमा आउन नसकेको जानकारी दिँदै यसलाई निगमले ठूलो घटनाको रुपमा लिएको बताए । अहिले लुटिएको ट्यांकर भारतीय प्रहरीको सहयोगमा खोज्ने काम भएको बताइएको छ ।

रक्सौलभन्दा २० किलोमिटर टाढा रहेको उक्त स्थानमा ड्राइभर र सहचालकलाई उतारेर ट्यांकर लुटिएको स्थानीय ट्यांकर व्यवसायीले बताएका छन् ।

२० किलोलिटर क्षमता भएको उक्त ट्यांकरको नम्बर ना ४ ख ३१५२ नम्बरको रहेको छ । यसैबीच ट्यांकर लुटिएसँगै विगरन्ज वितरक केन्द्रमा पुगेर  चालकहरुले सुरक्षाको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप